मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय

Ujyalosandeshonline 11564+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

देउखुरी (दाङ) । राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय आठ वर्षदेखि केराखेतीमा लाग्नुभएको छ । उहाँले केराखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको हो । अहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्ने परिपाटीको विकास भइरहेको समयमा केराखेतीले माटोलाई मलिलो र आम्दानी पनि हुने भन्ने लागेर केराखेतीमा लागेको रोकायले बताउनुभयो ।

“अरु खेतीपातीभन्दा केराबाट आम्दानी बढी हुने देखेर यसमा लागेको हो”, उहाँले भन्नुुभयो, “पहिले मैले पसल ९फेन्सी० व्यवसाय गर्दै आएको थिएँ, अहिले त्यो व्यवसाय छोडेर केराखेतीमा लागेको हुँ ।” पहिले परीक्षणका रूपमा चार कठ्ठा जमिनबाट सुरु गरेको खेती अहिले दुई बिघामा विस्तार गरेको उहाँले जानकारी दिनुभयो । यो वर्षदेखि अरु साढे एक बिघामा केराखेती विस्तार गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

जिनाइन र मालभोग जातको केराखेती गरिरहेको जनाउँदै रोकायले सिसहनिया गाउँमा अधिकांश किसानले केराखेती गर्न थालेका बताउनुभयो । गत वर्षमा केराको व्यापार प्रशस्त रहेको भन्दै एक याममा रु चार–पाँच लाख आम्दानी हुने उहाँले जानकारी दिनुभयो । “यसवर्ष भारतीय केराले नेपाली बजार ढाकेको छ । ती केराले नेपाली केराको मूल्य निर्धारण गरिदिने गरेकाले मूल्यमा गिरावट आएको छ”, उहाँले भन्नुभयो । 

व्यापारीले दर्जनको रु २०–२५ का दरले मूल्य निर्धारण गरेपछि किसानलाई मर्का परेको रोकायको भनाइ छ । “भारतको केरा सस्तो हुने र यहाँ उत्पादित बिक्री नहुने भएकाले केरा बिक्री गर्न समस्या हुँदै आएको छ”, उहाँले भन्नुभयो । स्थानीय तह र प्रदेश सरकारले प्राविधिक तथा विशेष सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हामी आफँैले किसान, विशेषज्ञ र व्यापारी बन्नुपर्छ, यसले थप समस्या भइरहेको छ । स्थानीय र प्रदेश सरकारले प्राविधिक सहयोग गरेमा खेती गर्न सहज हुने थियो”, उहाँले भन्नुभयो ।   

रोकायका अनुसार यहाँ केरा प्रवर्द्धन कृषक समूह गठन गरिएको छ । सो समूहले किसानका समस्याका विषयमा छलफल गर्ने र समाधानको उपाया खोजी गर्ने गरेको उहाँले बताउनुभयो । केराको बिक्री गर्न, काँटछाँट, रेखदेख गर्न र मल हाल्न तीन स्थानीयलाई रोजगारी दिएको भन्दै तुलसीपुर, घोराही, लमही बुटवलका व्यापारी घरमा आएर खरिद गर्ने गरेको उहाँले जानकारी दिनुभयो । 

कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आव २०८१÷०८२ मा ७३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो । यसमा नौ हजार ९७३ मेट्रिकटन केरा उत्पादन भएको केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।  जिल्लामा केराखेतीको प्रशस्त सम्भावना रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा केराखेती गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको जनाउँदै उहाँले केराको बजार माग पनि बढिरहेको उल्लेख गर्नुभयो । खेती विस्तारका लागि किसानलाई कार्यालयले अनुदान दिने गरेको प्रमुख भण्डारीले बताउनुभयो ।  रासस   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार