मुख्य समाचार
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान |

राप्रपा रुपन्देहीले बुझायो प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Ujyalosandeshonline 12675+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति, रुपन्देहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा रुपन्देहीले ४० बुँदे माग राख्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

राप्रपाले रुपन्देहीसहित देशैभरका जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको पार्टीको रुपन्देही जिल्ला कार्यबाहक अध्यक्ष अजय कुमार गुप्ताले बताए । सरकारले राप्रपाको ज्ञापनपत्रको विषयलाई विश्वासिलो ढंगबाट सम्बोधन नगरे राप्रपा तत्काल सडक र सदन दुवै तहबाट देश र जनताको पक्षमा आन्दोलन गर्न बाध्य हुने पार्टीका रुपन्देही जिल्ला सचिव बलराम शर्माले बताए ।

राप्रपाले अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, सर्वधर्म समभावपूर्ण स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू अधिराज्य, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार (केन्द्र र अधिकारप्राप्त स्थानीय तह), जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकाल भन्दा बढी बस्न नपाउने संवैधानिक/कानूनी व्यवस्था, सबै ठूला भ्रष्टाचारको पुनः र पूर्ण छानबीनसहित ४० बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालले आफूले छिटो भन्दा छिटो ज्ञापनपत्र सम्बन्धित ठाउँमा पठाउने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार