मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की

Ujyalosandeshonline 12434+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखन संगठित तथा अन्तर्राष्ट्रिय अपराधसँग जोडिएको गम्भीर चुनौती भएकाले यसको नियन्त्रणका लागि सुरक्षा निकाय, न्याय प्रणाली, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिकबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस २०२६ को अवसरमा नेपाल प्रहरी र माइती नेपालको सहकार्यमा आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पछिल्ला दिनमा मानव बेचबिखन को स्वरूप साइबर ठगी र अनलाइन स्क्यामतर्फ समेत विस्तार हुँदै गएको उल्लेख गर्दै नेपाल प्रहरीले सीमा निगरानी, सूचना संकलन, जोखिमयुक्त यात्रुको प्रोफाइलिङ तथा मानव तस्करीमा संलग्न संस्था र व्यक्तिमाथि कारबाहीलाई प्राथमिकता मा राखेर काम गरिरहेको जानकारी दिए । 

कार्यक्रममा आगामी एक वर्षका लागि मानव बेचबिखनविरुद्धको राष्ट्रिय सचेतना अभियानका सद्भावना दूतका रूपमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रममा मानव बेचबिखन नियन्त्रण, पीडित संरक्षण, सुरक्षित वैदेशिक रोजगारी, डिजिटल सुरक्षा तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार