मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

हालसम्मकै ठूलो ऐतिहासिक कोटिहोम महायज्ञ पशुपतिनाथमा श्रावण महिनाभर आयोजना हुँदै

Ujyalosandeshonline 12431+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौं । हालसम्मकै ठूलो ऐतिहासिक कोटिहोम महायज्ञ आगामी श्रावण महिनाभर पशुपतिनाथ क्षेत्रमा आयोजना हुने भएको छ । ऐतिहासिक श्री पशुपति कोटिहोम एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ नाम दिइएको उक्त विराट महायज्ञ आगामी श्रावण महिनाको १ गते देखि ३२ गतेसम्म सञ्चालन हुने मानव सेवा फाउण्डेसनका व्यबस्थापक लिला रमण निरौलाले जानकारी दिएका छन । 

ललितपुरको बाडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको हो । 

अहिले महायज्ञको प्रचारप्रसारको लागि आयोजक समितीका सदस्यहरु उपत्यका तथा देशव्यापी दौडानमा रहेका छन । महायज्ञ आयोजक मूल तथा उपसमिती गठन गर्ने देखि लिएर बिशिष्ट निमन्त्रणाको लागि देश तथा विदेशमा ख्याती प्राप्त जगदगुरु,साधु,सन्त,महन्त,प्रशिद्ध कथा वाचक वाचिका,स्थानिय तथा राज नेतालाई भेटने र निमन्त्रणा पत्र हस्तान्त्रण गर्ने कार्य भइरहेको छ । 

महायज्ञ अवधिभर १०८ पण्डित ज्यूहरुबाट विभिन्न पुराणहरुको श्रावण महिनाभर पाठपारायण,१०८ पण्डितद्धारा वैदिक मन्त्र सहित अनवरत रुपमा नियमित हवन।सयौ जनाको सामूहिक ब्रतबन्ध, ५१ सय दिव्य कलश पुजन,चार वेद अठार पुराणको वाचन, ११ हजार बढी बालिकाको कन्या पुजन,हजारौको तुलादा, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान,तण्डुलाचाल चामलको पर्वत निर्माण लगायको कार्यक्रमहरु पनि नियमित रुपमा सञ्चालन हुने छन । 

महायज्ञमा कथा वाचनको रुपमा देश तथा विदेशमा ख्याती प्राप्त वाचन प्रविण पण्डित श्री दीनवन्धु पोखरेल,राधिका दासी र श्रीमदभागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभा लगायको सहभागीता रहने छ । 

धार्मिक,सामाजिक,आध्यात्मिक,स्वास्थ्य तथा वातावरणीय स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको श्री मानव सेवा फाउण्डेसन,नेपालको आयोजनामा उक्त महायज्ञ सञ्चालन हुन गइरहेको हो । 

मानव सेवा फाउण्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन । हाल मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ७५ जना अभिभावक विहिन बालबालिकाले निःशुल्क रुपमा गास,वास,कपास,स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आइरहेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार