मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कोटहीमाई गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

Ujyalosandeshonline 12437+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । सोमबार गाउँपालिका खोप समन्वय समितिको आयोजनामा एक कार्यक्रमकाबीच उक्त घोषणा गरिएको हो । कार्यक्रममा खोप समन्वय समितिका जिल्ला संयोजक तथा जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईले स्वास्थ्य क्षेत्रलाई स्थानीय तहले अझ बढी प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार रुपन्देहीका १६ स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेका छन् । चपाईले मर्चवार क्षेत्रका तीनवटै स्थानीय तहले खोप तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको मनोबल उच्च बनाउन छिमेकी स्थानीय तहहरूले सञ्चालन गरेका प्रोत्साहन कार्यक्रमबाट सिक्न उहाँले सुझाव दिनुभयो ।

साथै लुम्बिनी प्रदेशका केही स्थानीय तहले स्वास्थ्य क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासको उदाहरण प्रस्तुत गर्दै कोटहीमाईले पनि नमूना कार्य गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई आगामी वर्षदेखि थप आकर्षक प्रोत्साहन उपलब्ध गराइने जानकारी दिनुभयो । स्वास्थ्य सेवाको पहुँच विस्तार तथा समुदायमा देखिएका स्वास्थ्यसम्बन्धी समस्याको समाधानका लागि स्वयंसेविकाहरूले निर्वाह गरेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।

पूर्ण खोप सुनिश्चितता घोषणा पूर्व खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेविका तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष त्रिपाठीले आगामी दिनमा पनि पूर्ण खोपको दिगोपना कायम राख्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जितेन्द्र यादवले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार गाउँपालिकाका ७ वडामा सञ्चालित २१ वटा खोप केन्द्रमार्फत ३ हजार ७ सय ५२ जना बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ । त्यस्तै गाउँपालिका अन्तर्गत रहेका ७ वटा स्वास्थ्य संस्थाबाट चालु आर्थिक वर्षमा ८ हजार ३ सय ८ जना पुरुष र १० हजार ८ सय ५९ जना महिला गरी १९ हजार १ सय ६७ जनाले बहिरंग (ओपीडी) सेवा लिएको जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशीला कुमारी यादव, समाजसेवी गुरुवचन यादव, सक्रौन–पकडी स्वास्थ्य चौकीका इन्चार्ज घनलाल अर्याल, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कमलावती देवी कहारलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मनबहादुर कुँवरले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार