मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

सैनामैना नगरपालिकाका किसानलाई अनुदानमा कृषि उपकरण

Ujyalosandeshonline 11564+ समाचार ( )
११ पौष २०८०, बुधवार

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाको ७५ प्रतिशत अनुदान तथा किसानको २५ प्रतिशत सहभागीतामा उपकरण वितरण गरिएको हो ।

सैनामैना नगरपालिका पशु विकास शाखाले बुधबार आयोजना गरेको कार्यक्रममा नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले म्याट ५० पिस, ब्रस कटर १२ पिस र विद्युतीय च्यापकटर १७ पिस किसानलाई हस्तान्तरण गरेका हुन् ।

चालु आर्थिक वर्षको मत्स्य तथा पशुपन्छी व्यवसायिक कार्यक्रम अन्तर्गत कृषि उपकरण वितरण गरिएको पशु विकास शाखा प्रमुख ईन्द्र बहादुर खड्काले बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरिएको बताए । मानव शक्ति कम लाग्ने र सजिलै काम गर्न किसानलाई सहज होस भन्ने उद्देश्यले सामग्री वितरण गरिएको उनले बताए । उनले यान्त्रीकरणको प्रयोगका कारण उत्पादत्व वृद्धि गर्न सकिने बताए । कृषि क्षेत्रको विकासका लागि नगरपालिका सधै तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा सैनामैना नगरपालिकाका वडा नम्बर ४ का वडाअध्यक्ष राम प्रसाद अधिकारीले किसानको आवश्यकतालाई मध्यनजर गर्दै अनुदानमा आधारित सामग्री वितरण गरेको बताए । नगरपालिकाले कृषिलाई उच्च प्राथमिकता दिएर काम गर्दै आएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार