मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सबैले मेहनत गरे चाँडै नेपाललाई आर्थिक रुपमा गतिशील बनाउन सकिने छ : प्रचण्ड

Ujyalosandeshonline 12431+ समाचार ( )
१० माघ २०८१, बिहीबार

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सव उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । 

नेपालमा केही पनि भएन, राजनीतिक परिवर्तनले आर्थिक क्षेत्रमा केही रुपान्तरण ल्याएन भन्ने भाष्य सही नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गर्न संभव छ भन्ने सकारात्मक सोचसहित सबै मेहनतका साथ अघि बढ्ने हो भने नेपाललाई राजनीतिक र आर्थिक रुपमा गतिशील बनाउन सकिने बताए । 

त्यस्तै आफूले प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गर्दा एकैसाथ आठवटा नाका सञ्चालन गर्ने सहमति गरेको जानकारी दिदै संयुक्त राष्ट्रसङ्घको महासभा, कोप २८ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा गरिएका पहलबाट नेपालको आर्थिक कुटनीतिमा दीर्घकालीन महत्त्वका काम थालनी गरिएको बताए । 

नेपालगन्ज क्षेत्रको विकासमा आफूले अभिभावकत्व लिदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले महोत्सव भइरहेको स्थान रहेको दश बिघा जमीन उद्योग वाणिज्यलाई ५० वर्ष लिजमा  मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएको भए पनि अर्को सरकारले खोसेकोमा दुःख व्यक्त गरे ।  

उनले यस क्षेत्रको आर्थिक विकासमा योगदान पुगोस भनेर नेपालगन्ज–गुलरिया सडक लगायतका विभिन्न परियोजना अघि बढाउन आफूले पहल गरेको उल्लेख गर्दै प्रादेशिक संरचनाले बाँके बर्दियालाई समस्या भएको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार