मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

एआईजी विश्वकर्माद्वारा सर्लाही प्रहरीको निरीक्षण, फागुन २१ को निर्वाचन निष्पक्ष बनाउन निर्देशन

Ujyalosandeshonline 11540+ समाचार ( )
२३ माघ २०८२, बिहीबार

सर्लाही । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग नक्सालका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बर बहादुर विश्वकर्माले जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। एआईजी विश्वकर्मा नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई त्यहाँका सम्पूर्ण शाखाहरूको निरीक्षण गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको हो।

निरीक्षणपश्चात् एआईजी विश्वकर्माले जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी इकाई प्रमुखहरू र कार्यरत प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन गर्नुभयो। उहाँले बदलिँदो परिवेश अनुसार शान्ति सुरक्षालाई अझ प्रभावकारी बनाउँदै नागरिक मैत्री प्रहरी सेवा प्रवाहमा जोड दिनुभयो। सेवाग्राहीलाई छिटो, छरितो र निष्पक्ष सेवा प्रदान गर्न तथा अपराध अनुसन्धानमा विशेष ध्यान केन्द्रित गर्न उहाँले प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभयो।

विशेषगरी आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा एआईजी विश्वकर्माले कडा निर्देशन दिनुभएको छ। उहाँले निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तपूर्वक सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालयबाट विशेष सुरक्षा योजना निर्माण गरी लागू गर्न निर्देशन दिनुभयो।

निर्वाचनका समयमा उच्च मनोबलका साथ उचित जनशक्ति परिचालन गर्न र सिमानाकाबाट हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न चेकजाँचमा कडाइ गर्न उहाँले सुझाउनुभयो। अन्त्यमा, एआईजी विश्वकर्माले संगठनको गरिमा उच्च राख्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अनुशासनको परिधिभित्र रहन निर्देशन दिनुभयो। उहाँले उच्च मनोबलका साथ त्रुटिरहित ढंगबाट आफ्नो जिम्मेवारी र कार्य सम्पादन गर्नसमेत मातहतका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार