मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

आफ्ना निर्वाचन क्षेत्रमा बजेट छुट्याउन सांसदहरुको दवाव

Ujyalosandeshonline 11169+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

हेटौंडा । बिगतका वर्षहरुमा जस्तै बागमती प्रदेशका सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रमा बजेट छुट्याउनका लागि सरकारमा रहेका मन्त्रीहरुलाई दवाव दिइरहेका छन् । आवस्यक्ताका आधारमा बजेट छुट्याउने भनपनि भनसुन र दवावका आधारमा बजेट छुट्याउने गरिएको छ । अहिले प्रदेशका मन्त्रालय र मातहतका कार्यालयहरुमा आफ्ना निर्वाचन क्षेत्रमा बजेट छुट्याउनका लागि सांसदहरुले दवाव दिइरहेका छन् ।

जती दवाव दिएपनि मन्त्रीहरुले भने आफुअनुकुलका निर्णय गर्नेगरेको सांसदहरुको गुनासो छ । सबै निर्वाचन क्षेत्रमा र आवस्यक्ताका आधारमा बजेट विनियोजन गर्नका लागि सांसदहरुले आग्रह गरेपनि मन्त्री र सचिबहरुले आफुखुसी बजेट विनियोजन गरेको एक सांसदले बताए । सरकारमा रहेकै दलका सांसदहरुपनि मन्त्रीहरुप्रति असन्तुष्ट रहेका छन् ।

बागमती प्रदेशसभाका सदस्यहरुले २०८२र०८३ को बजेटमा निर्वाचन क्षेत्र कोष ब्युँताउन सरकार समक्ष दबाब सिर्जना गरिरहेका छन् । २०८१र०८२ को बजेटमा घुमाउरो बाटोबाट प्रदेश सांसदका लागि बजेट विनियोजन गरेको सरकारलाई ‘प्रदेशसभा सदस्यको तजबिजमा खर्च गर्ने गरी’ बजेट विनियोजन गर्न सांसदहरुले दबाब सिर्जना गरिरहेका हुन् । 

चालु आवमा प्रदेशका सांसदकै मागअनुसार योजना छनोट तथा सञ्चालन गर्ने गरी सरकारले बजेट विनियोजन गरेको थियो । सरकारले सांसदलाई आफ्नो निर्वाचन क्षेत्रका मतदाताको विकाससम्बन्धी समस्या र गुनासो सम्बोधन गर्न सहज वातावरण सिर्जना गर्दै लगिने बजेट वक्तव्यमा उल्लेख गरेको थियो ।

‘प्रदेशसभाका सदस्य र स्थानीय तहबीच सुमधुर सम्बन्ध कायम गरी अन्तरतह समन्वय प्रभावकारी बनाउन तथा विकास र शासनलाई थप जनमुखी बनाउन प्रदेशसभाका सदस्यको प्रत्यक्ष सहभागितामा विकास कार्यक्रम र आयोजना छनोट गरी कार्यान्वयन गर्न प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम छुट्याएको’ चालु आवको बजेट वक्तव्यमा छ । यस कार्यक्रमका लागि विनियोजित बजेटको अंकभार भने तोकिएको थिएन ।

सरकारले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसद्लाई क्रमशः ५ र ३ करोड रुपैयाँ विनियोजन गर्नेगरी छलफल भएको र सोही अनुसार बजेटमा कार्यक्रम समावेश गरिने तयारी भएको प्रदेशका एक सांसदले दाबी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार