वडा कपको उपाधि उदयपूरलाई

Ujyalosandeshonline 11142+ समाचार ( )
१ पौष २०८०, आइतबार

भैरहवा । शनिबार भैरहवामा सम्पन्न भएको वडा नम्बर ९ को वडा कपको उपाधि उदयपूरले उचालेको छ । फाईनलमा गोलिगढलाई पराजित गर्दै उदयपूरले उपाधि जितेको हो । 

वडा कप अन्र्तगत शनिबार सम्पन्न पहिलो सेमी फाईनललमा उदयपुर मिश्रौलियालाई र दोश्रो सेमीफाईनलमा गोलिगढले कठौतियालाई पराजित गरेको थियो । 

पहिलो सेमीफाईनलको खेलमा उदयपुर टस जितेर मिश्रोलियालाई ब्याटिङको निम्तो दिएको थियो । मिश्रोलियाको टिम १० ओभरमा अलआउट हुदै ८३ रन जोडेको थियो । उसका लागि अखिलेश कुर्मीले १५ रन र अरुन कुर्मीले १३ रन जोडे । बलिङ तर्फ उदयपुरका सुनिल जयसवाल र रहमान अलि समान ३÷३ विकेट लिएका थिए । 

८४ रनको लक्ष्य लिई मैदान आएको उदयपुरज्ञ ११ औं ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । उसका लागि सहबान अलिले सर्वाधिक ३५ रनको योगदान गरेका थिए । बलिङ तर्फ मिश्रोलियाका अमृत कुर्मीले ४ विकेट लिए । उक्त खेलमा उदयपुरका सहबान अली म्यान अफ द म्याच घोषित भए । 

यसै गरि दोश्रो सेमीफाईनल खेलमा गोलिगढले कठौतियालाई ६ विकेटले पराजित गरेको थियो । टस जितेर फिल्डिङको निर्णय गरेको गोलिगढले कठौतियाको टिमलाई ११ दशमलव २ ओभरमा अलआउट गर्दै ९३ रनमा रोकेको थियो । कठौतियाका सम्पन्नले २९ रन तथा सराजुद्दिन आलमले १३ रनको योगदान गरेको थिए । बलिङ तर्फ गोलिगढका कृष्ण दहाल र गोपाल सहानीले समान २÷२ विकेट लिए । 

९४ रनको विजयी लक्ष्य गोलिगढले १० दशमलव २ ओभरमा ४ विकेट गुमाउदै हासिल गरेको थियो । उसका लागि आरिफ खाँनदे २५ रन र कृष्ण दहालले १९ रन बनाए । बलिङ तर्फ कठौतियाका सराजुद्दिन आलम, अमन खाँन, अलदिप कुवर र महबुब आलमले समान १÷१ विकेट लिएका थिए । उक्त खेलमा गोलिगढका कृष्ण दहाल म्यान अफ द म्याच घोषित भए । 

फाईनलमा भने उदयपुरले गोलिगढलाई १२ रनले पराजित गरेको थियो । टस जितेर उदयपुरलाई ब्याटिङको निम्तो दिएको गोलिगढका बलरहरु चल्न सकेनन् । यसको परिणाम स्वरुप उदयपुर निर्धारित १२ ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । उसका लागि शाहिद अलीले अर्धशतकिय पारी खेले उनले ६१ रन बनाउदा अर्का खेलाडी अनिल जयसवालले १७ रनको योगदान गरेका थिए । बलिङ तर्फ गोलिगढका कृष्ण क्षेत्री र युवराज टण्डनले समान २÷२ विकेट लिएका थिए । 

१ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा गोलिगढको टिम निर्धारित १२ ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १७ रन मात्र बनाउन सक्यो । यसका लागि आरिफ खाँनले २७ रन र मुमताज पठानले २६ रन बनाए पनि त्यो टोलीका लागि प्रयाप्त हुन सकेन । बलिङ तर्फ उदयपुरका दिपक यादवले ३ विकेट लिए । यस्तै समीर अली र मेराज आलमले समान २÷२ विकेट लिएका थिए । यस खेलमा ६१ रन बनाएका शाहिद अल िम्यान अफ द म्याच घोषित भए । 

यस संगै उदयपुरले प्रथम पुरस्कार १५ हजार र ट्रफि एवम गोलिगढले १० हजार सहित ट्रफि प्राप्त गरेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीका रुपमा ८ विकेट सहित २५ रन बनाएका गोलिगढका कृष्ण दहाल घोषित भए । सर्वाधिक ८ विकेट लिएर बेस्ट बलर पनि दहाल ने बने भने प्रतियोगितामा ९१ रन बनाएका उदयपुरका शाहिद अली बेस्ट ब्याटर घोषित भए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार