मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

कुलमान बर्खास्तप्रति ओलीको जवाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’

Ujyalosandeshonline 12448+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले एकजना कर्मचारीको विषयमा प्रश्न उठ्दै आएकाले सदन अबरुद्ध गरी महत्वपूर्ण संसदीय कार्यमा बाधा पुग्न नहुने बताएका हुन् । 

उनले  भने,‘केही दिनयता संसद अबरुद्ध छ । सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक छ । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो । तर अहिले विषय सामान्य छ, एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अबरुद्ध छ, महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ । मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारीसँग मन्त्रीले सहकार्य गर्न सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो, देशका महत्त्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु हुन्न ।’

साथै उनले अहिले यस विषय अदालतमा विचाराधीन रहेको बताए । यसमा थप चर्चा, परिचर्चा बहस गर्न आवश्यक नरहेको बताए ।नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रतिपक्ष सांसदले जवाफ माग गरेका थिए । विपक्षीका प्रश्नको सोमबाप्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले मन्त्रीप्रति लोयल्टी (इमानदारिता) नभएको कर्मचारी हट्नु सामान्य प्रक्रिया भएको दोहो¥याए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार