बागमती प्रदेश राजधानी नजिक पहिरोले सडक अवरुद्ध, हजारौँ यात्रु अलपत्र

Ujyalosandeshonline 12436+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा नजिक बागझौरा र त्रिखन्डी सडक खण्डमा आएको पहिरोका कारण सडक २४ घन्टादेखि अवरुद्ध बनेको छ । लगातारको वर्षासँगै गएको पहिरोले दुवै तर्फको यातायात पूर्णरूपमा बन्द हुँदा हजारौँ यात्रु बाटैमा अलपत्र परेका छन्।

स्थानीय प्रशासनले सडक खुलाउन डोजर परिचालन गरेको भए पनि निरन्तर वर्षाले काम गर्न कठिनाइ भइरहेको जनाएको छ। सडक खुलाउने प्रयास जारी राखिएको र सम्भव भएसम्म चाँडै यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

सडक अवरुद्ध हुँदा राजधानीतर्फ र राजधानीबाट आउने यात्रुहरू भारी समस्यामा परेका छन्। कतिपयले पैदल यात्रा गर्ने बाध्यता बनाएको बताइएको छ। स्थानीय बासिन्दाले शीघ्र पहिरो हटाउने कामलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार