जनताका कुरा सुन्न कांग्रेस समुदायमा जादै

Ujyalosandeshonline 12433+ समाचार ( )
१४ माघ २०८०, आइतबार

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालनको तयारी तीव्र पारेको छ । कांग्रेसले शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन गर्दैछ ।

अभियानको पूर्वसन्ध्यामा आइतबार रुपन्देहीको लागि खटिएका केन्द्रिय प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य चन्द्र केसीको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कार्यसमितिको बैठकले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भइ स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको हो । 

अभियानको पहिलो दिन माघ १६ गते सहिद दिवसको दिन पार्टी कार्यालय भैरहवामा जिल्लाले वडा तहमा पठाउने जिल्लाका प्रतिनिधिहरुलाई अभिमुखीकरण एवं शहीद दिवसको अवसरमा विशेष कार्यक्रम गरी सुरुवात गरिने कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । उनका अनुसार जिल्लाले रुपन्देहीका १५५ वटै वडामा प्रतिनिधि खटाउनेछ । उनीहरु अभियानभर वडा एवं समुदायस्तरमा केन्द्रित हुनेछन् । अभियानको माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसका दिन समापन हुने जनाइएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार