मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, प्रहरी प्रवक्ता कडायतसहित १६ डीआईजीको सरूवा

Ujyalosandeshonline 12431+ समाचार ( )
२५ पौष २०८०, बुधवार

काठमाडौं । सरकारले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुखहरू हेरफेर गरेको छ । मंगलबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतसहित १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो । जसअन्तर्गत सात वटै प्रदेशका प्रहरी प्रमुखहरू समेत फेरिएका हुन् । 

मन्त्रालयले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता रहेका डीआईजी कडायतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयको प्रमुखकारुपमा सरुवा गरेको छ ।

त्यस्तै, मन्त्रालयले कोशीको प्रहरी प्रमुखमा चन्द्रकुबेर खापङलाई सरूवा गरेको छ । उनी यसअघि अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय काठमाडौंमा कार्यरत थिए । त्यस्तै, मधेशको प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेल, बागमतीको प्रहरी प्रमुखमा विष्णुकुमार केसी, गण्डकी प्रहरी प्रमुखमा विकासराज खनाल, कर्णाली प्रहरी प्रमुखमा लालमणि आचार्य र सुदूरपश्चिम प्रहरी प्रमुखमा रविन्द्र केसीलाई सरुवा गरिएको छ ।

मन्त्रालयले डिआईजी बुद्धिराज गुरूङलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा तानेको छ भने केन्द्रीय अनुसन्धान ब्युरोमा डिआईजी किरण राणा, प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा डिआईजी राजेशनाथ बास्तोला र प्रहरी प्रधान कार्यालयको कार्यविभागमा डिआईजी भरतबहादुर बोहरालाई तानेको छ । 

त्यस्तै, डिआईजी भीमप्रसाद ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् भने डिआईजी दुर्गा सिंह उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएकी छिन् । 

त्यस्तै, डिआईजी उत्तमराज जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रष्ठिान तानिएका छन् भने डिआईजी जनक भट्टराईलाई अपराध अनुसन्धान निर्देशनालयमा जिम्मेवारी दिइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार