मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास

Ujyalosandeshonline 12673+ समाचार ( )
७ मंगशिर २०८२, आइतबार

गोविन्दराज तिमिल्सेना

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका अन्तरर्गत पर्ने दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको सिलान्यास गरिएको छ । गत बुधबार जडाङ्गाको बेलिब्रिज दानासाँघुमा स्थानान्तरणको लागि सिलान्यास गरिएको थियो।

त्यसको तीन दिनपछि शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास गरेका हुन् । ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण हुने पक्की पुल एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित शिलान्यास गरिएको हो।

बुधबार बुढीनन्दा नगरपालिकामा उप–प्रमुख रामबहादुर बोहराले सोही खोलामा बेलिब्रिज पुलको शिलान्यास गर्नु भएको थियो। भने शनिवार सोही खोलामा मुख्यमन्त्री शाहले पक्की पुल निर्माणका लागी सिलान्यास गरेका हुन् । एउटै खोलामा तीन दिनको फरकमा दुई पुलको सिलान्यास गरिएको बिषय अहिले सामाजिक सञ्चालमा चर्चाको बिषय बनेको छ । 

सडक डिभिजन कार्यालय साँफेबगरले करिब २ करोड २२ लाख लागतमा बेलिब्रिज पुल सार्न लागेको हो।भने पक्की पुल निर्माणका लागी ३ करोड ९३ लाख ७५ हजार रुपैयाँमा  पक्की पुल निर्माण कार्य अघि बढाइएको पुर्वाधार विकास कार्यालय साफेबगर, अछामका इन्जिनियर जंग थापाले जानकारी दिए।

पीके कन्ट्रक्सनले निर्माण ठेक्का पाएको मोटरेवल पक्की पुल पूर्व आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीको विशेष पहलमा निर्माण हुन लागेको हो । त्यस्तै बुढिनन्दा नगरपालिकाको समन्वय,सहकार्य जडाङ्गामा रहेको बेलिब्रिज स्थानान्तरण हुन लागेको हो । तर एउटै खोलामा दुई पुल किन भनेर प्रश्न उठ्न थालेको छ ।

यता मार्तडी–कोल्टी सडकखण्डको बाउलीमा पाँच बर्षदेखि पुल अलपत्र अवस्थामा छ । कतिपयले यताको ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्नुपर्ने तथा तत्काल बेलिब्रिज यहीँ खोलामा जडान गर्नुपर्ने माग राखेका छन् । दानासाँघुमा पक्की पुल निर्माण हुने भए पछि अब त्यहाँ बेलिब्रिज जडान गर्न कुनै आवश्यक नरहेको कतिपय स्थानीयको भनाइ छ । मार्तडीदेखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ । उक्त सडकको बाउलीमा पाँच बर्ष देखि पुल अलपत्र अवस्थामा छ। अनाई खोलामा पुल निर्माण करिब अन्तिम चरणमा छ।त्यस्तै रजातोली खोलामा पनि पुल बन्न सकेको छैन् । 

पुल निर्माण नभएका खोलामा बर्षातको समय पानीको बहाव बढ्दा समस्या हुने गरेको छ ।दानासाँघुपुल निर्माण पछि माथिल्लो क्षेत्रका ४ स्थानीय तह, बूढीनन्दा नगरपालिका,हिमाली, जगनाथ र स्वामिकार्तिकका नागरिकका साथै छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट गरि १७ बढि पालिकाका नागरिकलाई सहज हुने छ । करिब साढे दुई वर्षसम्म जडाङ्गामा थन्किएको बेलिब्रिज कही सार्न सकिएको थिएन् । 

अहिले दानासाँघुमा ठाउँमा हतारहतार बेलिब्रिज सार्ने भनेर शिलान्यास गरियो । त्यसको तीन दिन पछि प्रदेश मुख्यमन्त्री आएर पक्की पुलको पनि शिलान्यास गरेका छन्।मुख्य मन्त्री कमल बहादुर शाह, पूर्वआर्थिक मामिला मन्त्री नरेश कुमार शाही, माननिय जुना दानीलगायतले पुल शिलान्यास गरेका हुन् । बुधबार नगर उप–उपप्रमुख राम बहादुर बोहरा लगायत,अन्य पालिकाका प्रमुख,उपप्रमुख र स्थानीयको सहभागीमा बेलिब्रिज पुलको शिलान्यास गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार