मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

तीन तहका सरकारको झण्डै ९६ अर्ब बेरुजु

Ujyalosandeshonline 12437+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

काठमाडौं । तीन तहका सरकार र संगठित संस्थाहरुले गरेको आर्थिक कारोबारको लेखापरीक्षण हुँदा ९५ अर्व ६० करोड रुपैंया बेरुजु देखिएको देखिएको छ । 

महालेखा परीक्षकले सङ्घीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको लेखापरीक्षण गर्दा यति बेरुजु देखिएको उल्लेख गरेको छ ।

यस वर्ष ७८ खर्व ८१ अर्ब ६० करोडको लेखापरीक्षण गरिएकामा ३ हजार २७७ सङ्घीय सरकारी निकाय तथा कार्यालयको २४ खर्ब ६१ अर्ब ११ करोडको लेखापरीक्षणवाट ४६ अर्व ५४ करोड (१.८९ प्रतिशत) र प्रदेश निकाय तथा कार्यालय १ हजार २७० को ३ खर्व २३ अर्व ३४ करोडको लेखापरीक्षणवाट ६ अर्व ५७ करोड (२.०३ प्रतिशत), २१७ समिति तथा अन्य संस्थाको २ खर्ब ९६ अर्थ ८५ करोडको लेखापरीक्षणबाट २ अर्व ३३ करोड (०.७८ प्रतिशत) र ७४८ स्थानीय तह (बक्यौता २ समेताको ११ खर्व ३९ अर्व १९ करोडको लेखापरीक्षणबाट ३१ अर्व १ करोड (२.७२ प्रतिशत) बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ९३ सार्वजनिक संस्थाको ३६ खर्व ६१ अर्व ११ करोडको लेखापरीक्षणवाट ९ अर्व १५ करोड (०.२५ प्रतिशत) बेरुजु छ । साथै सङ्गठित संस्थाको लेखापरीक्षणक नियुक्तिको लागि परामर्श उपलव्ध गराइएका ४२ संस्थाको १४ खर्ब ८८ अर्व ५६ करोडको लेखापरीक्षण गरिएकोमा परामर्श उपलव्ध गराइएका सङ्गठित संस्थासमेत ९३ खर्व ७० अर्व १६ करोडको लेखापरीक्षण गरिएको छ ।

गत वर्षसम्मको बाँकी बेरुजु ५ खर्व ८७ अर्व ३४ करोडमा फस्र्योट तथा समायोजन गरिएको अङ्ग १३ अर्व ८ करोड घटाई यो वर्ष थप भएको ९५ अर्व ६० करोडसमेत ६ खर्ब ६९ अर्व ८६ करोड बाँकी रहेको छ । लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष २२ अर्व १७ करोड असुल भएको छ । अद्यावधिक कारवाही गरी टुङ्गो लगाउनुपर्ने रकम गत वर्षसम्म ३ खर्व ७२ अर्व ४५ करोड रहेकोमा यो वर्ष ५ खर्ब १३ अर्ब ४० करोड पुगेको छ । म्याद ननाघेको पेश्कीलाई लगती बेरुजु कायम नगरिएकोले बेरुजु अङ्ग र प्रतिशत घटेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार