मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

Ujyalosandeshonline 12431+ समाचार ( )
१० अशोज २०८३, शनिबार

चितवन । नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो । नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह आठ दशमलव ३० मिटर पुगेको छ । कार्यालयका प्रमुख सुमित अधिकारीले नदीको बहाव बढ्दै गएकोले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार नारायणी नदीमा पानीको बहाव सात दशमलव ३० मिटर सर्तकर्ता तह मानिन्छ । 

बहावले नौ मिटर पार गर्दा खतरा तह पुग्ने जनाउँदै प्रमुख अधिकारीले अब फेरि वर्षात भएमा पानीले जोखिम तह पार गर्ने सम्भावना रहेकाले सर्तक रहन सबैमा आग्रह गरिएको उल्लेख गर्नुभयो । नदीले सर्तकता तह पार गरे पनि अहिलेसम्म नदी किनारका बस्तीमा पानी पसिसकेको छैन । उहाँले भन्नुभयो, “अब फेरि वर्षात भएमा ठूलो बाढीको सम्भावना छ ।” प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षीत स्थानमा बस्नका लागि आग्रह गरिएको बताउनुभयो  । उहाँका अनुसार तत्काल उद्धारका लागि तयारी अवस्थामा सुरक्षा निकाय रहेका भन्दै अहिले सूचना प्रवाह गर्ने, पूर्वतयारीका काम भइरहेका उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार