मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बालकुमारी घटना : ललितपुरका सिडिओ र प्रहरी प्रमुख केन्द्रमा तानिए

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ पौष २०८०, शनिबार

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ । बालकुमारी घटनामा दुई जना युवकको सुरक्षा चुकका कारण ज्यान गएपछि  गृह मन्त्रालयले शनिबार उपप्रधान एवम गृहमन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको छ । यस्तै, ललितपुरका प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको गृहले जनाएको छ । 

‘ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

उक्त घटनाका सन्दर्भमा छानबिन समितिले काम गरिरहेको भन्दै मन्त्रालयले  प्रतिवेदन प्राप्त भएपछि त्यसै बमोजिम कार्यान्वयन गरिने जनाएको छ ।

छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारयण भट्टराईले जानकारी दिएका छन् । कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी पनि निलम्बनमा परेका छन् । 

शुक्रबार कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा सुरक्षा प्रदान गर्ने क्रममा हुन गएको अप्रत्याशित घटनामा परी अछाम चौरपाटी गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय सुजन राउतको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । 

यसैबीच शनिबार आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत दिने र घाइतेको उपचार खर्च व्यहोर्ने निणर्य गरेको छ । गृहले पेस गर्ने घटनाका छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार