मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन : मुख्यमन्त्री कार्की

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ माघ २०८०, शनिबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । 

शनिबार विराटनगरमा नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवन उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको भनाइ राखे ।

‘जनतालाई घर, पुल, कम्प्युटर सेवा कस्तो दिने ? किनकी अहिले सर्वसाधारणको दैनिकी नै इञ्जिनियरको हातमा छ, तर त्यो दिन सकेका छौं ?,’ उनले भने, ‘इञ्जिनियरिङ इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन ।’

नेपालको शिक्षा कमजोर छैन त्यसैले गुगल, फेसबुक, नासा लगायतका संसारभरका कम्पनीमा नेपाली प्राविधिकहरूले योगदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताए । 

‘कोशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्री गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक छ,’ उनले भने, ‘प्रदेशमा भइरहेको विकास निर्माणका कामको गुणस्तरीय परीक्षण गरेर इञ्जिनियरहरूले प्रयोगात्मक अध्ययन सुरू गरौं ।’

प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भौतिक निर्माण कार्यको गुणस्तरीय परीक्षण गरेर रिपोर्ट दिई प्रयोगात्मक अभ्यास गर्न आग्रह गरेको मुख्यमन्त्री कार्कीको भनाइ रहेको उनको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार