मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

भूमि कर वृद्धि र अनियमितताविरुद्ध गोलबजार नगरपालिकामा धर्ना

Ujyalosandeshonline 11171+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

सिरहा । गोलबजार नगरपालिकाले प्रति कट्ठा रु ५ लाग्ने भूमिकरमा अचाकली वृद्धि गरी प्रतिकट्ठा रु चारसय बनाएको भन्दै भूमि कर पूर्ववत अवस्थामा फर्काउन माग गर्दै नेकपा माओवादी केन्द्रले धर्ना दिएको छ । 

आर्थिक मन्दीका कारण किसानको ढाड सेकिएको बेला ४०० प्रतिशतले भूमि कर वृद्धि गर्नु न्यायसंगत नभएको भन्दै भूमिकर पूर्ववत अवस्थामा नफर्काएसम्म सम्झौताविहीन आन्दोलन गर्ने आन्दोलनकारी उमेश बरालले जानकारी दिएका छन् । 

नगर कार्यपालिकाको कार्यालय अगाडि आज(विहीबार) बिहान ११ बजेखि १२ बजेस्म्म शान्तिपूर्ण धर्नामा बसेका माओवादी नेता तथा कार्यकर्ताहरुले कर वृद्धिको विरोध स्वरुप पाखुरामा कालोपट्टी बाँधेका थिए । 

धर्ना स्थलमा बसेका नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले गोलबजार नगरपालिकामा फर्जी कर्मचारीको नाममा लाखौंलाख रकम तलव निकासा दिइएको आरोप लगाइएको छ ।

त्यसैगरी विपद् व्यवस्थापनको नाममा करोडौंैं रकम अनियमितता गरिएको र नागरिकले सूचना माग्दा नदिएकोले नगरपालिका अपारदर्शी रहेको आरोप पनि लगाए । धर्नाकारीहरुले आर्थिक वर्ष २०८०÷०८१ र २०८१÷०८२ को हालसम्मको खर्च पारदर्शी गर्न तथा सूचना दिन माग गरेका छन् ।

माओवादी केन्द्रका मजदुर नेता रामपुकार कामतीले भने फर्जी कर्मचारी खडा गरी लाखौ रकम अपचलन भएकोले त्यसको सम्पूर्ण हरहिसाव सार्वजनिक नभएसम्म आन्दोलन जारी रहने बताए ।

नेकपा माओवादी केन्द्र गोलबजार संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । घोषित कार्यक्रम अनुसार आगामी मंसिर ९ गते सिटी जुलुस प्रदर्शन र ११ गते नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा एक घण्टा रोक लगाउने संघर्षको कार्यक्रम सार्वजनिक गरिएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार