मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

प्रधानमन्त्री कप क्रिकेट :
लुम्बिनी प्रदेशको चौथो जित

Ujyalosandeshonline 11171+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले चौथो जित हासिल गरेको छ । सोमबार दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले मधेश प्रदेशलाई ८३ रनले पराजित गरेको हो । 

जितका लागि लुम्बिनीले दिएको १५९ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश २६.५ ओभरमा अलआउट हुँदै ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३, हरीशंकर शाले १४ र रुपेश सिंहले ९ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक रन जोड्न सकेनन् ।

लुम्बिनी प्रदेशका लागि रमेश कुर्मीले ४, विपर्सन केसीले ३ तथा देव खनाल र अजय चौहानले १-१ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ७३ रनको योगदान दिदा कृष्ण कार्कीले ३३ र कप्तान देव खनालले १६ रन जोडेका थिए ।

मधेशका लागि विशाल पटेल र कमल गुप्ताले समान ३ तथा हरीशंकर शाह, प्रदीप पासवान र रञ्जित कमारले १-१ विकेट लिएका थिए । जितसँगै लुम्बिनीले पाँच खेलबाट ८ अंक जोडेको छ । पराजित मधेश प्रदेशले ४ खेलबाट २ अंक जोडेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार