मुख्य समाचार
बाजुराको त्रिवेणीमा डीएसपी बोहराको उपस्थितिमा नागरिक सुनुवाई, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जोड | रास्वपालाई थप समावेशी बनाइँदै | हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी | मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी | याकचाैँरी | जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह | सभापति लामिछाने-सम्बोधन | पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या | सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री | भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग गर्दै पर्यटन व्यवसायीले बुझाए ज्ञापनपत्र |

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन् : मन्त्री गुप्ता

Ujyalosandeshonline 11594+ समाचार ( )
१९ मंगशिर २०८२, शुक्रबार

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रममा उनले भौतिक संरचनाको सन्दर्भमा धेरै काम गर्न बाँकी भएपनि सरकार अहिले आर्थिक रुपमा कमजोर रहेको बताए । उनले स्रोत साधनले भ्याएसम्म समस्याहरु समाधान गरेर अगाडि बढ्ने बताए । 

उनले भने, ‘सरकारले गर्नुपर्ने केही भौतिक संरचनाको कुराहरु छन्, ट्राफिक लाइट र लेनसँग जोडिएको कुरा पनि छन् । तर सरकार अहिले आर्थिक रुपमा कमजोर अवस्थामा भएको कारण चाहेको खण्डमा सबै काम गर्न सकिरहेको छैन् । हामीसँग भएको स्रोत साधनले जति हुन्छ समस्याहरु साधान गरेर मिलाएर अगाडि बढ्नु पर्छ ।’

यस्तै, उनले ट्राफिक र सवारी चालकहरुले एकअर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने भन्दै यदि सकारात्मक दृष्टिकोण भएन भने सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम कार्यान्वयन हुन गाह्रो हुने बताए । आफ्नो मन्त्रालय खेलकुद मन्त्रालय मात्र नभई युवा मन्त्रालय पनि भएको भन्दै अब युवा भन्ने पक्षलाई ध्यान दिएर सबै क्षेत्रमा अगाडि बढ्ने पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार