मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन विचार र सहकार्यमा जोड

Ujyalosandeshonline 12431+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

बुटवल । नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४८ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरूले कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन आत्मसमीक्षा, सहकार्य र वैचारिक पुनर्जागरण आवश्यक रहेको बताएका छन्। पुष्पलालको त्याग, समर्पण र नैतिक राजनीतिक संस्कृतिलाई व्यवहारमा उतार्न नसक्दा आन्दोलन कमजोर बन्दै गएको उनीहरूको भनाइ थियो।

बुटवलमा आयोजित ‘पुष्पलालको राजनीतिक विचार र नेपाली वाम राजनीतिको भावी कार्यदिशा’ विषयक बहसमा नेकपा (एमाले)का केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुष्पलाल कम्युनिस्ट एकताका सूत्रधार भएको उल्लेख गर्दै पार्टीहरूले कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो। सोही कार्यक्रममा एमाले रुपन्देही इञ्चार्ज खिमलाल भट्टराईले श्रमजीवी र विपन्न वर्गको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका रुपन्देही इञ्चार्ज निर्मल जिसी र नेकपा (माओवादी)का नेता वीरेन्द्र विकले सत्ता स्वार्थ, भ्रष्टाचार र अवसरवादबाट मुक्त भई देश र जनताको समृद्धिका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य हुनुपर्ने धारणा राख्नुभयो। अध्येता माधव पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार