मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

‘जनतालाई आपत विपद् पर्दा सरकार तत्काल उपस्थित हुनुपर्छ’

Ujyalosandeshonline 12433+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमडौं । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले सरकार छ भन्ने अनुभुति जनताले गर्न पाउनेगरी काम गर्नुपर्ने बताएका छन् । आपत विपद् पर्दा सरकार उपस्थित हुन आवश्यक रहेको उनको भनाइ थियो । 

सोमबार गृह मन्त्रालयमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले आम जनताले सरकार छ भन्ने अनुभुति गर्नकालागि आपत विपद् पर्दा सरकार उपस्थित हुनु आवश्यक भएको औंल्याए । उनले परेको बेला जनधन जोगाउन सकिएन भने अन्य बेलामा सरकारको उपस्थितिका अर्थ नहुने बताए । 

उनले भने,‘आम जनताले सरकार छ भन्ने अनुभुति गर्ने भनेको नै विषेशगरी आपत विपद् पर्दा हो । तर आपत विपद् पर्दा नै सरकार उपस्थित हुन सकेन भने र जनधन जोगाउन सकेन भने सरकारले आफ्नो उपस्थिति यहाँ छु भनेर मात्र हुँदैन । त्यसैले आम जनतालाई आपत विपद् पर्दा नै सरकार उपस्थित हुने कुरा महत्वपूर्ण हुन्छ । यसमा तयारी गर्नुहोस् ।’

मन्त्री लामिछानेले कार्ययोजना बनाउँदा कार्यविधि बनाएर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । प्रत्येक वर्ष एक वर्षका लागि विशेषगरी मनशुनको लागि एउटा कार्यविधि बनाउनुपर्ने र कार्यविधि बनाएर अधिकार दिनुपर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार