मुख्य समाचार
हुलाकी सडक फराकिलो बनाउन आग्रह | अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म | भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी |

शैलुङमा अवरुद्ध विद्युत् सेवा एक हप्ता पछि सञ्चालन, सडक अवरुद्ध

Ujyalosandeshonline 11173+ समाचार ( )
३० असार २०८१, शनिबार

रामेछाप । रमणीय पर्यटकीय स्थल शैलुङमा अवरुद्ध भएको विद्युत् सेवा एक हप्ता पछि सञ्चालनमा आएको छ । असार २१ गते परेको भीषण वर्षाले रुख र विद्युतका पोल ढलेर अवरुद्ध भएको विद्युत् सेवा स्थानीय समेतको प्रयासमा रुख पन्छाउने, पोल गाड्ने तथा तार तान्ने कार्य पछि शुक्रबारबाट सुचारु भएको छ । दोरम्बा विद्युत् सवस्टेसनले समयमा काम नगर्दा एक हप्तासम्म स्थानीय अन्धकारमा थिए । 

विद्युत् सेवा अवरुद्ध हुँदा १ सय २० घर बढी उपभोक्ता तथा शैलुङ पुग्ने पर्यटकले समेत समस्या भोगेका थिए । 

विद्युत् सेवा सुचारु भए पनि शैलुङ जाने सडकको अवस्था अहिले पनि उस्तै छ । सोही वर्षाको कारण बिग्रिएको सडक मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा सदरमुकाम मन्थली तथा काठमाडौंबाट शैलुङको आवागमन बन्द भएको छ । 

सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न लैजान समेत समस्या भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । यसको साथै शैलुङको कृषि उपज पनि स्थानीले बजार र्पुयाउन पाएका छैनन् । 

यसै वर्ष स्तरोन्नति गरिएको सडक बाढी पहिरोको कारण ठाउँ ठाउँमा भत्किएको छ भने ठाउँ ठाउँमा रुख ढलेर सडक अवरुद्ध भएको छ । सडक मर्मतको काम सुरु भएको छैन । 

शैलुङ मात्रै होइन दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्र टोकरपुर जाने सडक समेत वर्षाको कारण जोखिमपूर्ण बनेको छ । दोरम्बाको अग्लेश्वरीदेखि टोकरपुर पुग्ने सडक यातायात साधन चल्न नसक्ने अवस्थामा पुगेको छ । 

सो सडक मर्मतको लागि स्थानीय दोरम्बा शैलुङ गाउँपालिकाले ६५ लाख  बढी खर्च गरिसकेको छ । सडकमा ग्राभेल बिछ्याइएको भए पनि गुणस्तरीय काम नहुँदा अहिले सडक रोपाइँको लागि ठिक्क पारेको खेत जस्तै भएको स्थानीयको गुनासो छ । 

सडकको दुरावस्थाको कारण दोरम्बा, टोकरपुर, गौश्वारा, डडुवा लगायतका क्षेत्रबाट काठमाडौं र सदरमुकाम मन्थली आऊ–जाऊ गर्न समेत समस्या भएको छ । यसकै सबैभन्दा ठुलो मारमा बिरामी तथा असक्त परेका छन् । 

सडक सहज नहुँदा गाउँपालिकाको केन्द्र टोकरपुरमा रहेको बैङ्कमा नगद अभाव भएको छ । सदरमुकामबाट बैङ्कसम्म पैसा लैजान सहज सडक नहुँदा रकम भुक्तानीमा समस्या भएको बैङ्कका कर्मचारीले बताएका छन् । 

अहिले सामाजिक सुरक्षा भत्ता वितरणको काम भइरहेको कारण बैङ्कलाई नगद भुक्तानीको चप छ । तर बैङ्कमा पर्याप्त नगद नहुँदा भुक्तानी दिन सकेको छैन । बैङ्कले भुक्तानी दिन नसक्दा सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाने कतिपय ज्येष्ठ नागरिक तथा अशक्त त्यतिकै फर्कने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार