नारायणगढ–बुटवल खण्डमा काम बल्ल अघि बढ्यो : मन्त्री ज्वाला

Ujyalosandeshonline 11160+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले बल्ल गति लिएको बताएका छन् । 

निकै सुस्त काम भइरहेको उक्त खण्डका बारेमा लगातार प्रश्न उठेपछि नक्सालमा बिहीबार उनले सञ्चारकर्मीसँग पछिल्लो अवस्थाबारे बोलेका हुन् । निर्माण कम्पनीलाई ठेक्का तोड्नेसम्मको दबाब दिएपछि अहिले कामले गति लिएको दाबी उनले गरे ।  

मन्त्री ज्वालाले भने, ‘काम अगाडि नबढ्दा ठेक्का तोड्नेसम्मको पटक पटक पत्राचार पनि भएको छ, हामीले भेटेर पनि भनेका छौं । निकै धेरै दबाब दिएपछि अहिले कामले केही गति लिएको अवस्था छ । एकदम तीव्र त होइन, कमसेकम केही अगाडि बढेको छ । २७ महिना र ८ महिनाको प्रगति तुलना गर्दा पछिल्लो समय काम अगाडि बढेको छ । पहिला ५ प्रतिशत थियो भने अहिले ८ प्रतिशत भए पनि पुगेको छ ।’

नारायणगढ–बुटवल र मुग्लिन–पोखरा खण्डको निर्माणलाई सरकारले उच्च प्राथमिकता राखेको उनले बताए । अहिले सबै काम ठप्प छ भन्ने गलत प्रचार बढिरहेको उनको गुनासो छ । 

मन्त्री ज्वालाले मुग्लिन–पोखरा खण्ड विस्तारका लागि दमौली क्षेत्रमा घरटहरा हटाउन केही बाँकी भए पनि अन्य स्थानमा समस्या समाधान भएको बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार