मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

माघ पर्वमा मुख्यमन्त्री आचार्यको शुभकामनाः मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण

Ujyalosandeshonline 12431+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताउनु भएको छ । माघे संक्रान्ति तथा माघ पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक कला संस्कृति जोगाउनु सबैको साझा कर्तब्य भएको उल्लेख गर्दै कला संस्कृतिलाई पर्यटन संग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताउनु भएको हो ।

‘हाम्रो समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त छ ।  त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरु हाम्रा मौलिक विशेषता हुन्’शुभकामना सन्देशमा भनिएको छ,‘लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक मूल्य, मान्यताहरुको संरक्षण, सम्बद्र्धन र प्रबर्धनको माध्यमबाट आर्थिक, सामाजिक विकासको परिकल्पना गरेको छ । मौलिककला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने भएकाले यसलाई प्राथमिकतामा राखेका छौं ।’ लुम्बिनी प्रदेश सरकारले माघ पर्वलाई लक्षित गरेर सार्वजनिक विदा समेत दिदै आएको छ । 

लुम्बिनी प्रदेशको तराई, पहाड, हिमाली क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले माघे संक्रान्ति/माघ पर्व मनाउने चलन छ । यस पर्वको फरक विशेषता र महत्व रहेको छ । थारु समुदायले माघलाई महत्वपूर्ण चाड एवं नयाँबर्षका रुपमामनाउने गर्छन् भने मगर, यादव लगायतका समुदायले बिशेष महत्वका साथ पर्व मनाउने प्रचलन छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार