मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रोटरीले सातै प्रदेशमा पोलियो विरुद्धको अभियान चलाउने

Ujyalosandeshonline 12431+ समाचार ( )
५ कार्तिक २०८१, सोमबार

काठमाडौं । रोटरीले अक्टोबर २४ का दिन उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड् पोलियो नाउ’ विशेष अभियान संचालन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोटरीले वार्षिक रुपमा अक्टोबर २४ लाई पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनचेतना फैलाउन विभिन्न गतिविधिहरु गर्दै आइरहेको र यसवर्ष पनि गर्ने जानकारी गराएका छन् । 

सोही दिन विहान साढे ६ बजे ललितपुरको जावलाखेनबाट बृहत साइकल र्याली पनि हुने छ । र्यालीको उदघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्रीले गर्नेछन् । 

यसैगरी, देशका विभिन्न शहरहरुमा समेत जनचेतनामूलक कार्यक्रम आयोजना गरिने र साँझ धरहरा लगायत अन्य शहरका टावर तथा व्यापारीक भवन मा ‘इन्ड् पोलियो नाउ’ (भ्ल्म् एइीक्ष्इ ल्इध्) लेखिएको आकर्षक सन्देश प्रदर्शनी गर्ने कार्यक्रम तय भएको पनि रोटरीले जानकारी दिएको छ । 

पोलियो भाइरसबाट बच्नको लागि पाँच वर्ष मुनीका सबै बालबालिकालाई नछुटाइ पोलियो विरुद्धको खोप लगाउन अति जरूरी रहेको भन्दै यस कार्यका लागि रोटरी नेपालले नेपाल सरकारसँग नजिक रहेर काम गर्दै आइरहेको र आगामी दिनमा समेतसंगै काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । 

रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामुलक सामाजिक संस्था हो । सन् १९०५ मा अमेरिकाको सिकागो शहरबाट सुरु भएको यो संस्थामा संसारभरका २०८ मुलुकहरुमा ४६ हजार भन्दा बढि रोटरी क्लबहरु ५३८ वटा डिष्ट्रिक्ट अन्तरगत आबद्ध छन् भने १२ लाख भन्दा बढि सदस्यहरु रोटरी सेवामा सक्रिय रहेका छन् ।

नेपालमा रोटरीको अभीयान सन् १९५९ मा शुरु भएको हो र सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो । हाल नेपालमा १६१ वटा रोटरी क्लबहरुले स्थानीय स्तरसँगै राष्ट्रिय स्तरमा समेत विभिन्न सेवामूलक कार्यहरु गर्दै आएका छन् ।

रोटरीले पोलियो उन्मुलन अभियानसहित सातवटा क्षेत्रमा आफ्ना सामाजिक सेवालाई केन्द्रित गर्दै आईरहेको छ । त्यसमध्ये एक महत्वपूर्ण क्षेत्र स्वास्थ्य क्षेत्रमा पनि पोलियो एक विशेष क्षेत्र हो । रोटरी भन्ने वित्तिकै पोलियोसँग यसको नाम जोडिन्छ । विश्वबाट नै पोलियो भाइरस उन्मुलन गर्न रोटरीले सुरुवाती समयदेखि नै प्रभावकारी रुपमा काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार