मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

Ujyalosandeshonline 12673+ समाचार ( )
तस्बिर : चन्द्रकला क्षेत्री/रासस
९ असार २०८३, मङ्गलबार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो दिन प्रमुख ध्यान मौसममा थियो । प्रचण्ड गर्मीका कारण सहभागीहरू बिरामी पर्नसक्ने त्रास थियो । प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा जिल्लास्थित अस्पतालका सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा विशेष तयारी गरिएको थियो । रास्वपाका नेता डा. मनोहर प्रधानको नेतृत्वमा कार्यक्रमस्थलमा तीन ठाउँमा ‘हेल्थ डेस्क’ राखिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रपछि वर्षा हुँदा सहभागीहरूलाई केही कठिनाइ भए पनि गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्या देखिएन। डा. प्रधानका अनुसार दुई जना सहभागी गर्मीका कारण बेहोस भएका थिए। उहाँले भन्नुभयो, “पानी नपरेको भए धेरै बेहोस हुने सम्भावना थियो ।”हिमाल र पहाडबाट आएका सहभागीहरूलाई चितवनको चर्को गर्मी थेग्न कठिन हुने अवस्था रहे पनि वर्षाले राहत भएको उहाँले बताउनुभयो । 

रास्वपाका जिल्ला नेता प्रकाश आचार्यका अनुसार महाधिवेशनको अघिल्लो दिनदेखि दैनिक वर्षा हुँदा बाहिरबाट आएका सहभागीलाई असहज भएको छैन । उहाँले भन्नुभयो, “दैनिक पानी परेको छ । तापक्रम बढेको  छैन ।”

आज दिउँसो १ बजे यहाँको तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रमुख दीपक विकेका अनुसार विगतका असारमा यहाँको तापक्रम ३९ डिग्रीसम्म पुग्ने गरेको थियो । उहाँले भन्नुभयो, “रास्वपाको महाधिवेशन सहज भयो ।”दैलेखका दिनेश राईले चितवनमा अत्यधिक गर्मी हुने अपेक्षा भए पनि त्यस्तो अनुभव नभएको बताउनुभयो । स्याङ्जाका मेघबहादुर आलेले नियमित वर्षाका कारण मौसम अनुकूल बनेको बताउनुभयो ।

रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेल महाधिवेशनलाई मौसमले साथ दिएको बताउनुभयो । बाहिरबाट आएका प्रतिनिधिहरूले चितवनको गर्मीलाई लिएर चिन्ता लिए पनि यहाँ आएपछि त्यस्तो समस्या नभएको सहभागीहरूको भनाइ छ । रास्वपाका जिल्ला नेता नेत्र लामिछानेका अनुसार हिमाली र पहाडी जिल्लाबाट आएका प्रतिनिधिले अघिल्लो दिनसम्म पनि तापक्रमबारे जिज्ञासा राखेका थिए ।  मौसम अनुकूल भएकाले सहभागीहरूलाई राहत भएको उहाँले बताउनुभयो।

मौसम अनुकूल भएकाले फुर्सदको समयमा सहभागी पर्यापर्यटनमा सहभागी भएका गतिविधिमा सहभागी भएका छन् । देवघाटको धार्मिक यात्रा होस् वा  सौराहाको हात्ती सफारी उनीहरूको पर्यटकीय क्षेत्रमा बाक्लो उपस्थिति छ । महाधिवेशनमा १० हजारभन्दा रास्वपाका कार्यकर्ता, शुभेच्छुकलागयत  उपस्थित भएका अनुमान छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार