मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

युवाहरु अनलाइन खेलमा व्यस्त हुँदा चङ्गा उडाउने परम्परा लोप हुँदै

Ujyalosandeshonline 12673+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

दिपेश पौडेल

रौतहट । बडा दसैँको चहलपहल गाँउ तथा बजारमा देखिएपनि पछिल्लो समय चङ्गा उडाउने परम्परा हराउँदै गएको छ । गाउँ घरमा केही व्यक्तिहरु मिलेर  आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम सुरु हुने गर्दथ्यो । तर पछिल्लो समयमा चङ्गा उडाउनका लागि युवाहरुले रुची नदेखाएपछि परम्परा नै हराउँदै गएको हो । पछिल्लो पुस्ताहरु युवाहरु टिभी, इन्टरनेट तथा अन्य मनोरञ्जनतर्फ लागेपछि यसतर्फ कसैको ध्यान नगएको चन्द्रपुर ४ का अशोक कोइरालाले बताए । उनका अनुसार पछिल्लो समयमा अनलाइन मनोरञ्जनका खेलप्रति बालबालिका तथा युवाहरु सक्रिय हुने गरेको पाइन्छ ।

अकाशमा चङ्गा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो तर अहिले त चङ्गा उडाउने गरेको देखिनै छाड्को उनको भनाइ छ । दसैँमा चङ्गा उडाउने संस्कृतिबारे नयाँ पुस्ता माझ जानकारी नै नभएको हुनसक्ने उनले बताए । केही स्थानमा फाटफुट चङ्गा उडाउने गरेको देखिएपनि परम्परा भने हराउँदै गएको समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । वडादसैँको झल्को दिने र रमझम बढाउने यस परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । दसैँको समयमा चङ्गा उडाउने प्रतिष्पर्धा नै हुने गरेको समाजका वुढापाकाहरुको भनाइ छ । 

दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएकोमा उनीहरुले पनि चिन्ता व्यक्त गरेका छन् । पुरानो संस्कृतिलाई अनुशरण गर्दैे केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना–साना बालबालिकालाई दसैँका बेला चङ्गा बनाएर देखाउने गरिन्छ । अव नयाँ पुस्तालाई चाडपर्वको महत्व र विशेषतासंगै खेलिने मनोरञ्जनका खेलका बारेमा पनि जानकारी दिनुपर्ने आवश्यता रहेको सरोकारवालाहरु बताँउछन् । यस्ता पुराना संस्कृति लोप हुन नदिन स्थानीयले जर्गेना गर्न आवश्यक छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार