मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कांग्रेसको महासमिति बैठक : स्थानीय व्यवस्थापन समिति विस्तार

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ माघ २०८०, सोमबार

काठमाडौं । नेपाली कांग्रेसले गोदावरीमा हुने महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना सदस्यहरु मनोनीत गरेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिमा १० जना सदस्यहरुलाई मनोनीत गरिएको जानकारी दिए । 

कांग्रेसको महासमिति बैठक फागनु ७ देखि १० गतेसम्म हुँदैछ । बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरु सहभागी हुनेछन् । 

महासमिति बैठकका लागि कांग्रेसले विभिन्न चरणमा समिति र उपसमितिहरु गठन गरेर तयारी गरिरहेको छ । आइतबारसम्म करिब करिब सबै तयारी अन्तिम चरणमा पुगेको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । 

केन्द्रीय कार्यालयका अनुसार व्यवस्थापन उपसमितिमा काठमाडौंका गोविन्द पुडासैनी, इन्द्रबहादुर थापा, रोमेल श्रेष्ठ, ललितपुरका बशिष्ठकुमार अधिकारी, लक्ष्मी महर्जन, सुन्दरमान थिङ र शुभानन् रत्न धाख्वा तथा भक्तपुरका सुशील बस्नेत, राजेश खड्का र यादवप्रसाद अधिकारी सदस्य रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार