मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ : कुलमान घिसिङ

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने बताएका छन् । सामाजिक सञ्जाल मार्फत उनले देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दलगायतका विषयलाई लिएर जेन–जी पुस्ताले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा भत्र्सना समेत गरेका छन् । 

उनले लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो । देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दलगायतका विषयलाई लिएर जेन–जी पुस्ताले सोमबार देशभर स्वतःस्फूर्तरूपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भत्र्सना गर्दछु ।’

त्यस्तै, उनले यो  आक्रोश युवाहरूको सपना, नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना भएको भन्दै सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नुपर्ने धारणा राखे । देशभित्रै सुन्दर भविष्य, समृद्धि र जवाफदेहिताको चाहना राख्ने युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले आफू मर्महात भएको बताउँदै जेन जी पुस्ताले उठाएका मागलाई तत्काल सम्बोधन गर्न माग समेत गरे । 

यस दुखद् घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै उनले राज्यले कलिला युवाहरुमाथि क्रूरतापूर्ण दमन गरेकोले यो आन्दोलन अब जेन जीको मात्र नभएर आम नेपाली जनताको आन्दोलन बनेको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार