मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने

Ujyalosandeshonline 11171+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

हेटौंडा । शिक्षा प्रणाली सम्बन्धी सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन विधेयक २०८० का प्रावधानविरुद्ध निजी विद्यालयहरु आन्दोलित हुने भएका छन् । मकवानपुरसहित विभिन्न निजी विद्यालय संघ–संस्थाहरूले हेटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त विधेयकले निजी क्षेत्रलाई कमजोर पार्ने मात्र नभई शिक्षा क्षेत्रमा अव्यवस्था निम्त्याउने दाबी गरेका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुबेदीले विधेयक कार्यान्वयन भए निजी क्षेत्रको भविष्य अन्धकारमय हुने भन्दै त्यसविरुद्ध एकताबद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले निजी विद्यालयहरूको योगदानलाई उपेक्षा गर्दै सरकारले जबर्जस्ती नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाए ।

संयुक्त आन्दोलन समितिले जारी गरेको विज्ञप्तिमा निजी क्षेत्रको भूमिका अवमूल्यन गर्ने प्रयास अस्वीकार्य रहेको उल्लेख गर्दै आवश्यक परे सडकसम्म उत्रिने चेतावनी दिएको छ । विज्ञप्ति एप्पसन, एपन, हिसान, नेशनल प्याब्सन लगायतका संस्थाहरूको संयुक्त हस्ताक्षरसहित सार्वजनिक गरिएको हो । समितिले आगामी दिनमा हुने आन्दोलनलाई सफल बनाउन सबै शिक्षक, अभिभावक र सरोकारवालाहरूलाई एकताबद्ध रहन आह्वान गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार