मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

बैतडीका १८ घर पहिरोको उच्च जोखिममा

Ujyalosandeshonline 12673+ समाचार ( )
२२ भाद्र २०८३, सोमबार

बैतडी । बस्तीमाथिको जमिनमा दरार परेपछि बैतडीका १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । बस्तीमाथिको खेत तथा जमिनमा दरार परेपछि डिलाशैनी गाउँपालिका-१ बरभकेका १८ घर पहिरोको जोखिममा परेका हुन् । पानी निरन्तर परीरहेकाले पहिरोको त्रास बढेको स्थानीय लक्ष्मण जागरीले बताउनुभयो । बस्तीभन्दा माथि जमिन चिराचिरा परेर फुटेकाले ती घर पहिरोको जोखिममा रहेका डिलाशैनी-१ का वडाध्यक्ष कृष्णकुमार धामीले बताउनुभयो । 

यसैबीच आइतबार सोक्षेत्रको प्रहरी, जनप्रतिनिधि तथा कर्मचारीले स्थलगत निरीक्षण गरेका छन् । “बस्तीबाट करिब ५०० मिटरमाथी जमिन चिराचिरा परेर भाँसिएको छ । केही दिनयता निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम बढेको हो”, वडाध्यक्ष धामीले भन्नुभयो, “जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न पहल भइरहेको छ ।”उहाँका अनुसार गोरेदत्त भट्ट, कृष्णदत्त भट्ट, महावीर धामी, दूरा धामी, जसिदत्त भट्ट, मनिदरा भट्ट, लक्ष्मण जागरी, प्रताप जागरी, अकबर जागरी, नवराज भट्ट, धौले खत्री, कमल खत्री, जसे खत्री, कैले खत्री, प्रकाश धामी, धनबहादुर खत्री, ईश्वरदत्त भट्ट र धर्मराज भट्टको घर पहिरोको जोखिममा परेका हुन् ।

गाउँपालिका अध्यक्ष सन्तोष जोशीका अनुसार जोखिममा रहेका परिवारलाई आफन्तको घरमा वा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । “उहाँहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । जमिनमा देखिएको दरारका कारण वर्षा थपिएसँगै जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार