मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

उद्योगमन्त्रीद्वारा बाढीले बगाएको ग्यास बुलेटको निरिक्षण

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

काठमाडौं । अविरल वर्षाले च्यासल क्षेत्रमा ग्यासको बुलेट बगाएपछि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आयल निगमका अधिकारीसहित स्थलगत निरिक्षण गरेका छन् । शनिबार दिउँसो साढे १२ बजेतिर च्यासल पुगेर उनले निरिक्षण गरेको आयल निगमको उपनिर्देशक मनोज ठाकुरले जानकारी दिए ।

‘ग्यासको बुलेट नै बगाएर स्थानीयलाई ठूलो क्षति हुनसक्ला की भनेर मन्त्रीज्यूसहितको टोलीले निरिक्षण गरेका छौं’ उनले भने, ‘यो बुलेट ग्यास उद्योगको नभई टेम्पोमा रिफिलिङ गर्ने भ्याली अटो भन्ने कम्पनीको रहेको पुष्टि भएको छ ।’

१८ टन क्षमताको बुलेटमा ६ टन ग्यास रहेको अवस्थामा बाढीले बगाएको उनले जानकारी दिए । ‘बाढीले बगाउँदा बुलेटको ढक्कनबाट ग्यास उठिरहेको दृश्य देखिएको थियो । यसरी उडेर करिब ६ टन ग्यास नष्ट भएको प्रारम्भिक अनुमान छ’ ठाकुरले भने ।

च्यासलस्थित नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय छेउमा खाली बुलेट अड्किएर बसेको छ । पानी मत्थर भएपछि प्रहरीको सहायतामा बुलेट झिकिने उनले जानकारी दिए ।

मन्त्री भण्डारीसँगै वाणिज्य तथा आपूर्ती सचिव गोबिन्दबहादुर कार्की, आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, नायब कार्यकारी निर्देशक विरेन्द्र गोइतलगायतको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै