मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘गृहमन्त्रीले त अनुसन्धान गर्ने हो, दोषी भए कारबाही गर्ने हो, थर्काएर हुँदैन’

Ujyalosandeshonline 11540+ समाचार ( )
७ जेठ २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आफ्नो दोष लुकाउन गृहमन्त्री रवि लामछिानेले सांसद, मिडिया र आम नेपाली नेपाली नागरिकलाई बहकाउने काम गरेको आरेप लगाएका छन् । 

सहकारी ठगी प्रकरणबारे आफूमाथि लागेका आरोपमा गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमा जवाफ दिएका थिए । जवाफ दिने क्रममा लामछिानेले आफू निर्दोष रहेको दाबी गर्दै प्रतिपक्षका नेताहरु विभिन्न काण्डमा मुछिएको आरोप लगाउदै व्यक्तिकेन्द्रित समिति गठनको कुनै तुक नभएको बताएका थिए । 

बैठकपछि नयाँ बानेश्वरस्थित संघीय संसदको लोत्से हलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले गृहमन्त्रीले आम जनतालाई भड्काउने काम गरेको आरोप लगाए । फाइल खोलिदिउँ वा अनुसन्धान गरिदिउँ भन्दै थर्काउने काम गरिरहेको थापाको भनाइ छ । 

उनले भने, ‘तेरो फाइल खोलिदिउँ भन्दै थर्काइरहनुभएको छ गृहमन्त्रीज्यूले । गृहमन्त्रीले भन्ने हो कि गर्ने हो ? गृहमन्त्रीले त अनुसन्धान गर्ने हो । दोषी भए कारबाही गर्ने हो । त्यसरी थर्काएर हुदैन । ल गृहमन्त्रीले जे जेमा समिति बनाउने हो बनाउनुस्, हामी तयार छौं । आज संसदमा उठाउनुभएको जे जे विषयमा संसदीय समिति बनाउने हो, बनाउनुहोस् हामी तयार छौं । एउटा एउटा विषयमा गृहमन्त्रीले समिति बनाउन अनुरोध गर्छौं । १० वर्ष, १५ वर्षसम्मको छानबिन समिति बनाए हुन्छ ।’

जननिर्वाचित सांसदले बोल्न पाउने हक भएकै कारण लामिछानेलाई सदनमा बोल्न दिइएको समेत थापाले बताए । उनले अघि भने, ‘बोल्न पाउने हक भएकै कारण गृहमन्त्रीलाई आज बोल्न दियौं । तर मैले बोलेपछि पनि अरु बोल्नै नहुने र अघि पनि बोल्न नहुने जिद्दी रहि नै रह्यो । सभामुखज्यूलाई उहाँको कुरा हामी धैर्यतापूर्वक सुन्छौं त्यसपछि हाम्रो कुरा पनि राख्न दिनुस् भन्दा मान्नु भएन । त्यसपछि सदनमा जे कुरा राख्नुपर्ने थियो त्यही कुरा राख्न मैले पत्रकार सम्मेलन गरेको हुँ ।’

लोकतान्त्रिक पद्धतिअनुसार संसदीय प्रक्रिया अगाडि बढाउनुपर्नेमा एउटालाई बोल्न दिएपछि सदन बैठक नै स्थगित गर्नु उचित नभएको उनले बताए । 

आइतबार प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई आफ्ना कुरा राख्न दिएपछि पूर्वनिर्धारित कार्यसूचीका सबै कार्यक्रम हटाइएको जानकारी गराएर बैठक सोमबारसम्मका लागि स्थगित गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार