मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

गठबन्धन सरकारका कारण नागरिक भाडाका सेना हुन विदेश छिरेः जिफन्ट

Ujyalosandeshonline 12433+ समाचार ( )
२ पौष २०८०, सोमबार

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ७ लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाँदा देशमा १२ खर्ब मात्र रेमिट्यान्स भित्रिएको दावी गरेको छ । अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आइतवार आयोजित पत्रकार सम्मेलनमा जिफन्टले यस्तो दावी गरेको हो ।

आफ्नै केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले, नेपालको वैदेशिक श्रम सम्बन्धबारे फ्याक्टसिट सार्वजनिक गर्दै ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स नेपाल भित्रिनु पर्नेमा १२ खर्ब मात्रै भित्रिएकोले हराइरहेको ३८ खर्ब हराइरहेको उपाध्यक्ष एवम् जिफन्ट विदेस विभाग प्रमुख रमेश बडालले बताए ।

जिफन्टले आइतवार सार्वजनिक गरेको प्रतिवेदनमा यस आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ नेपाली श्रमिकहरू बैदेशिक रोजगारीमा गएको उल्लेख छ । गत वर्षको तुलनामा २१.२ प्रतिशतले वृद्धि भएको भन्दै उनले हराइरहेको ३८ खर्ब खोज्नेतरि सरकार सुतिरहेकोले खबरदारी गर्नुपर्ने बताए । 

जिफन्टले सरकारको विश्वास नहुँदा श्रमिकहरूले बिप्रेसन नपठाएको हुनसक्ने भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरे । प्रत्येक वर्ष प्रवासी श्रमिक सम्बन्धमा अध्ययन गरिएको तथ्याङ्क सार्वजनिक गर्ने गरेको जिफन्ट महासचिव लक्ष्मण शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । जिफन्ट नेकपा (एमाले) निकट मानिएको मजदुर सङ्गठन हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार