मुख्य समाचार
अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग |

सिद्धार्थनगरका पूर्व उपप्रमुख गुप्ताको निधन, बिहीबार नगरपालिकामा शाेक बिदा

Ujyalosandeshonline 11521+ समाचार ( )
२२ माघ २०८२, बुधवार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका पूर्व उपप्रमुख राम रतन गुप्ताको निधन भएको छ। उहाँको निधनमा शोक व्यक्त गर्दै नगरपालिकाले बिहीबार (भोलि) एक दिन शाेक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँले एक सूचना जारी गर्दै पूर्व उपप्रमुख गुप्ताको असामयिक निधन भएको जानकारी दिनुभएको हो। गुप्ताको निधनले सिंगो नगरपालिका परिवारलाई स्तब्ध बनाएको बताउँदै नगर प्रमुख खाँले उहाँले नगरपालिकाको विकास, सुशासन र जनसेवामा पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहने बताउनुभएको छ।

नगरपालिकाले यस दुःखद घडीमा दिवंगत आत्माको बैकुण्ठवासको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ। शोकको यस घडीमा दिवंगत आत्माको सम्मानस्वरुप नगरपालिकाले भोलि शोक बिदा दिने निर्णय गरेको हो। उक्त निर्णय अनुसार नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरूका साथै नगर क्षेत्रभित्र रहेका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू पूर्ण रूपमा बन्द रहने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार