जगर्श ग्रुपको भित्तेपात्रो विमोचन

Ujyalosandeshonline 11144+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

भैरहवा । जगर्श ग्रुप, भैरहवाको नया वर्ष २०८२ को भित्तेपात्रो विमोचन एवम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आईतबार भैरहवामा एक कार्यक्रम गरि ग्रुपले भित्तेपात्रो विमोचन गरेको हो । 

कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक राजु न्यौपानेले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै भित्तेपात्रो जगर्श ग्रुप र शुभचिन्तकहरू बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे । उनले जगर्श ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकतामा राखेको र यो भित्तेपात्रो पनि सोही भावना अनुरूप तयार पारिएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जगर्श ग्रुप विभिन्न सामाजिक क्रियाकलापमा अग्रस्थानमा रहेकोले यसको प्रंशसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । 

जगर्श ग्रुप, भैरहवाका अध्यक्ष प्रियवन्धु न्यौपानेको अध्यक्षता सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, ग्रुपका संस्थापक अध्यक्ष अनिल उपाध्याय, पूर्व अध्यक्ष विकास कुमार सेन, हरिश्चन्द्र श्रेष्ठ लगायतले बोल्दै जगर्श ग्रुपलाई सामाजिक कार्यहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन ग्रुपका सदस्य मनोरञ्जन शर्माले गरेका थिए । 


प्रतिक्रिया

सम्बन्धित समाचार