हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गबाट प्रहरीले ४२ किलोभन्दा बढी लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । हेटौँडाबाट बारातर्फ जाँदै गरेको BR1AP6073 नम्बरको भारतीय गाडीलाई प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीको टोलीले जाँच गर्दा गाडीको बोनट र सिटमुनि फल्सबटम बनाई लुकाइछिपाइ राखिएको ४२ किलो ४१० ग्राम गाँजा फेला परेको हो ।
लागुऔषध गाँजासहित गाडी चालक भारतको वैशाली जिल्ला महुवा टोल बस्ने २५ वर्षीय बिर्जु कुमार राय र सोही गाडीमा सवार २६ वर्षीय मञ्जय कुमार रायलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।