मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जुम्लाको ८ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका उत्कृष्ट

Ujyalosandeshonline 12431+ समाचार ( )
२ फाल्गुन २०८१, शुक्रबार

मुगु । जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका उत्कृष्ट भएको छ । संस्थागत क्षमता स्वमूल्यांकन लिजा प्रणालीअनुसार पहिलो स्थान सफल भएको छ । कार्यसम्पादन, पारदर्शिता, वित्तीय व्यवस्थापन र योजनाको सफल कार्यान्वयनका आधारमा उत्कृष्ट भएको हो । तातोपानी गाउँपालिकाले समग्र मूल्यांकनमा ९८.८१ प्रतिशत अंक प्राप्त गरेको छ ।

जुम्लाका आठ स्थानीय तहमध्ये अग्रस्थानमा पु¥याउन सफल भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । चौलागार्इंका अनुसार पालिकाको प्रमुख उपलब्धि हो । त्यस्तै, ९२ प्रतिशत अंकसहित कनकासुन्दरी गाउँपालिका दोस्रो रहेको छ । हिमा गाउँपालिकाले ६९.५ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । गाउँपालिकाको योजनाबद्ध ढंगले गरेको कार्यशैली, पारदर्शिता र दिगो विकासको सोच भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए ।

प्रमुख प्रशासकिय अधिकृत शाहिका अनुसार तातोपानीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ७१.७४ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७१.१३ प्रतिशत, लेखा प्रणाली तथा वित्तीय व्यवस्थापनमा ७२.२६ प्रतिशत, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ५२.७५ प्रतिशत, र राजस्व व्यवस्थापनमा ६०.३५ प्रतिशत अंक प्राप्त गर्दै गाउँपालिकाले समग्रमा ९० प्रतिशत मूल्यांकन सुरक्षित गरेको छ । तातोपानी गाउँपालिका स्थानीय आर्थिक विकास मूल्यांकनमा समेत ९२ प्रतिशत अंक प्राप्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार