मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

अयोध्यामा सोमबारका लागि सुरक्षा कडा (तस्विर सहित)

Ujyalosandeshonline 11573+ समाचार ( )
७ माघ २०८०, आइतबार

अयोध्या । भारतको अयोध्यामा सोमबारका लागि सुरक्षा कडा (तस्विर सहित) अयोध्यामा नवनिर्मित राम मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा समारोहका लागि सुरक्षा व्यवस्था मजबुत गरिएको छ ।

वर्षौको विवादपछि अदालती आदेशमा अयोध्यामा राम मन्दिर निर्माण गरिएको छ । त्यहाँ सोमबार राम मूर्तिको प्राणप्रतिष्ठा गरिँदैछ । समारोहस्थल आसपास १० हजार सीसीटीभी क्यामेराले मानिसको आवतजावत निगरानी गरिरहेको छ भने उल्लेख्य संख्यामा सादा पोसाकमा प्रहरी पनि तैनाथ गरिएका छन् ।

अयोध्याको धरमपथ र रामपथबाट भक्तजनको ठूलो भीड हुने गरेको हनुमानगढी क्षेत्र र अशरफी भवन रोडसम्म सडकमा प्रहरी गस्ती गरिरहेको देख्न सकिन्छ ।

उत्तर प्रदेश एन्टी टेररिज्म स्क्वाड (एटीएस) टोलीले पनि अयोध्यामा गस्ती गरेको थियो । सहरका प्रायः हरेक ठूला चोकमा काँडेतार लगाइएको छ । यसको कारण भनेको प्रहरीले विशेषगरि भीआईपीहरूको आवतजावतमा ट्राफिक नियन्त्रण गर्न प्रयोग गर्दछ ।

उत्तर प्रदेश प्रहरी महानिर्देशक (कानून र व्यवस्था) प्रशान्त कुमारले २२ जनवरीमा हुने प्राण प्रतिष्ठा समारोह एक ऐतिहासिक हुने बताए । यसका लागि उत्तर प्रदेश प्रहरीले सम्पूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ भने प्रत्येक सडकमा सुरक्षाको प्रबन्ध मिलाइएको पनि उनले जानकारी दिए ।

कुमारले भने, ‘अयोध्या जिल्लामा १० हजार सीसीटीभी क्यामेराहरू जडान गरिएको छ । यीमध्ये केही सीसीटीभी क्यामेराहरूमा एआई–आधारित प्रविधि प्रयोग गरिरहेका छौं, ताकि हामी यात्रुहरूलाई नजिकबाट निगरानी राख्न सकौं ।’ कार्यक्रमस्थलमा सादा पोसाकमा बहुभाषिक दक्ष प्रहरी तैनाथ गरिने उनले बताए ।

एनडीआरएफ र एसडीआरएफ टोलीको सहयोगमा सरयू नदीको किनारमा सुरक्षा पनि बढाइएको छ । ‘हामीले अन्य निकायसँग समन्वय गरिरहेका छौं । अन्तर्राष्ट्रिय र अन्तरराज्यीय सीमामा अनुसन्धान भइरहेको छ । भीड नियन्त्रण र बढी भीड हटाउन प्रहरीले ड्रोनको प्रयोग गर्नेछ,’ उनले भने ।

यसअघि अयोध्यामा ड्रोन तैनाथ गर्ने बारे विवरण दिँदै सुरक्षा मुख्यालयका प्रहरी उपरीक्षक (एसपी) गौरव बांसवालले त्यहाँ एन्टी–ड्रोन प्रणाली जडान भइरहेको बताएका थिए । उनले भने ‘यसको मुख्य उद्देश्य कुनै पनि अनधिकृत ड्रोननजिकै उडेको पत्ता लगाउनु हो, जसले तुरुन्तै यसको टेक अफ र गन्तव्य बिन्दु बताउन सक्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार