मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

प्रहरी महानिरीक्षक कुँवरद्वारा जिल्ला प्रहरी डोटीको भवन उद्घाटन

Ujyalosandeshonline 12448+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

डोटी । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले डोटीको जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित कार्यालय, निवास, ब्यारेक, हिरासत कक्ष तथा मेस भवनहरूको मंगलबार उद्घाटन गरेका छन् । दिपायल सिलगढमा करिब दस करोड भन्दा बढीको लागतमा निर्मित संरचनाले प्रहरीलाई काम गर्न सहज हुने उनले बताए ।

कार्यक्रममा उनले निर्माणमा सहयोग पु¥याउनेलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनहरूको निरीक्षण समेत गरे ।

यस्तै, प्रहरी महानिरीक्षक कुँवरले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप ऊर्जामय, नवीन सोच र उच्चस्तरको हुनुपर्ने चर्चा गर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यवसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताए ।

नागरिकमैत्री वातावरण निर्माणमा अहोरात्र कटिबद्ध रहन उनले डोटीका प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहरा, डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल र दिपायल सिलगढी नगर प्रमुख बाजी सिंह खड्काको पनि उपस्थिति थियो । यस्तै,सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक सुमन दाहालद्वारा प्रस्तुत भवन निर्माण सम्बन्धी प्रतिवेदनअनुसार नेपाल सरकारको बजेटबाट कुल १० करोड ८ लाख ६३ हजार ४ सय ६४ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार