मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एमालेले राष्ट्रियसभा सदस्यको १९ सिटमै उम्मेदवारी दिने

Ujyalosandeshonline 12431+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि १९ वटै सिटमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले २३ गते राष्ट्रियसभाका लागि प्रारम्भिक छलफल गरी  १९ वटै सिटका लागि उम्मेद्वारी दर्ताको तयारी गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने, ‘आज राष्ट्रियसभाका उम्मेदवारको बिषयमा हामीले प्रारम्भिक छलफल गरेका छौं । २३ गते १९ वटा सिटका लागि मनोनयन दर्ता गर्ने समय निर्धारण भएको छ । १९ वटै ठाउँमा उम्मेद्वारी दर्ताको तयारी गरेका छौं ।’

एमालेले ६ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए । बैठकले ५ पूर्व प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको महासचिव पाखरेलले जानकारी दिए । 

उनले भने, ‘५ वटा प्रदेशका अध्यक्षहरु आफ्नो जिम्मेवारीबाट बाहिरिनु भएको छ, उहाँहरुलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छौं ।’

कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसीप्रसाद न्यौपाने, मधेस प्रदेशका रामअवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको उनले जानकारी दिए । यस्तै, झापा जिल्ला अध्यक्ष दीपक थापालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार