मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


भारतीय चीज आयात रोक्न माग गर्दै उद्योगीहरु काठमाडौंमा

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ पौष २०८०, शनिबार

काठमाडौं । अवैध रुपमा भित्रिएको भारतीय चीजले नेपालमा उत्पादित चीजको बजार प्रभावित भएको छ । जसका कारण नेपाली चीज उद्योगहरु प्रभावित भएका छन् । दूधको मूल्य वृद्धिसँगै चीजको मूल्य वृद्धि गर्न बाध्य भएका उद्योगीहरु भारतबाट आएको सस्तो चीजसँग प्रतिस्पर्धा गर्न नसक्दा समस्या परेको गुनासो गरेका छन् ।

भारतमा तयार भएको चीज सस्तो पर्ने भएकाले नेपाली चीजको विक्रीमा समस्या भएको नेपाली उद्योगीहरुको गुनासो छ । सरकारले एकैपटक दूधमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दा चीजको भाउ पनि महङ्गो भएको इलामको सूर्योदय नगरपालिका–३ स्थित लक्की डेरी उद्योगका संचालक तुलु थिङ तामाङले बताए ।

भारतीय चीजले नेपाली बजार ओगटेको भन्दै त्यसलाई रोक्न माग गर्दै उद्योगीहरु इलामबाट मन्त्रीलाई भेट्न सिंहदरबार आइपुगेका छन् । उत्पादित चीज पाँच महिनादेखि उद्योगमा थन्किएपछि पूर्वी पहाडी जिल्लाका चीज उद्योगीहरु सिंहदरबार आइपुगेका हुन् । सिंहदरबार आइपुगेका उद्योगी व्यवसायीले कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसाल, सचिव रेवती रमन पौडेललाई ज्ञापन पत्र बुझाए ।

भारतमा उत्पादन भएको चीज अबैध रुपमा नेपाल आयात रोक्न माग गर्दै उनीहरु काठमाडौं आएका हुन् । उनीहरुले पाँच महिनादेखि नेपाली चीज उद्योगमै थन्किएको बताए । इलाम, पाँचथर, ताप्लेजुङ्गमा करिब डेढ दर्जन उद्योग संचालनमा रहेको उनीहरुको भनाई छ ।

सूर्योदय नगर उद्योग बाणिज्य संघका सचिव सुजन तिम्सिना, हिमालय चीज उद्योग एशोसिएसनका उपाध्यक्ष महेन्द्र प्रधान, तुलु कामी थिङ तामाङ, दावा पाख्रिन तामाङलगायतले विहीबार मन्त्रीलाई भेटेर चीज आयात रोक्न माग गरेका छन् । भन्सार छलेर भारतीय चीज नेपाली बजारमा आउने गरेको उद्योगीहरुको भनाइ छ ।

नेपाल डेरी एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालसहितको टोलीले मन्त्री भुषाल, सचिव पौडेललाई उद्योगमा देखिएका समस्या हटाउन पहल गर्न आग्रह गरेका थिए । ज्ञापन पत्र बुझाउँदै हिमालय चीज एशोसिएसनका उपाध्यक्ष महेन्द्र प्रधानले उद्योगमा उत्पादित चीज विक्री नहुँदा उद्योग बन्द गर्ने अवस्थामा पुगेको बताए ।

साउनबाट उत्पादन भएको चीज विक्री नभएको उल्लेख गर्दै उपाध्यक्ष प्रधानले भने–‘दूधको मूल्य वृद्धि भएपछि उत्पादन भएको चीजको पनि मूल्य वृद्धि गर्न बाध्य भएका छौँ ।’ ज्ञापन पत्र बुझाउँदै चीज एशोसिएसनका सदस्य तुलु कामी थिङ तामाङले बजारमा देखिएका समस्या समाधन गर्न भारतमा अवैध रुपमा आयात भइरहेको दूग्ध पदार्थ रोक्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय बजारमा चीज विक्री गर्न पनि समस्या भइरहेकाले त्यसलाई सहजीकरण गर्न पनि मन्त्रीसँग माग गरिएको वाणिज्य संघका सचिब तिम्सिनाले बताए । उनले लामो समयसम्म उत्पादन भएको दूग्ध पदार्थको विक्री नहुँदा स्टोर गर्न कोल्डस्टोरको अभाव रहेको उनले बताए ।

उनले भने,‘उद्योगीले उत्पादन गरेको घ्यू, छुर्पी र चीज विक्री नभएपछि किसानलाई दूधको मूल्य भुक्तानीमा समस्या छ ।’ यस्तो अवस्थामा दूग्ध पदार्थ स्टोर गर्ने कोल्डस्टोरको समस्या हुँदा धेरै दूग्ध पदार्थ नष्ट गर्नुपरेको उनले सुनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार