मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

रिंकु सदालाई ‘न्याय देउ’ भन्दै जनकपुरमा धर्ना

Ujyalosandeshonline 11566+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

जनकपुर । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदालाई न्याय देउ भन्दै जनकपुरधाममा सडक अवरोध गरि धर्ना दिइएको छ । आइतबार जनकपुरधामस्थित जनक चोकमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित महिला संघ, धनुषाले बाटो अवरोध गरि धर्ना दिएका छन् । 

उनीहरुले दलितमाथी बारम्बार ज्यादती भइरहँदा पनि सरकार मौन बसेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन् । धर्नामा बसेकाहरुले मधेश प्रदेशका मुख्यमन्त्रीले रिंकु सदाको विषयमा कुनै चासो नदेखाए भन्दै आक्रोस व्यक्त गरेका छन् । अनुगमनको नाममा जिल्ला जिल्ला पुग्ने मुख्यमन्त्री सिंहलाई एउटा तल्लो जातको दलित समुदायको घर पुग्न अप्ठयारो लागेको हो की भनेर उनीहरुले प्रश्न गरेका छन् ।

उनीहरुले मानव अधिकार आयोग, महिला अधिकार आयोग र मधेशी आयोगले अहिलेसम्म कुनै चासो नराखेको भन्दै आक्रोस जाहेर गरेका छन् । उनीहरुले रिंकु सदालाई बलात्कार गर्ने तीनै जना र यस घटनाको मिलापत्र गर्न बसेका पञ्चलगायत सम्पूर्ण अपराधीलाई कडा भन्दा कडा सजाय नदिए विरोध गरिरह्ने चेतावनी दिएका छन् । धर्ना पश्चात उनीहरुले जनकपुरधाममा सरकारविरोधी नारा लगाउँदै विभिन्न चोकमा जुलुस निकालेका थिए ।

रिंकुकुमारी गएको माघ ३० गते बेलुका ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसअघि उनले गाउँके तीन जना केटाले आफूलाई बलात्कार गरेको जानकारी दिएपछि गाउँमै पञ्चात बसी तीनै जना केटासंग १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णय भएको थियो । सो निर्णय रिंकु र उनको परिवारलाई मन परेको थिएन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार