मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बुटवलमा दक्षिण एसियाली स्केटबोर्ड सुरु

Ujyalosandeshonline 12431+ समाचार ( )
५ पौष २०८०, बिहीबार

बुटवल । रूपन्देहीको तिलोत्तमामा पाँचौ दक्षिण एसियास्तरीय स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि सुरु भएको छ । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त आयोजनामा रुपन्देहीको तिलोत्तमा–४ स्थित स्केट पार्कमा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले प्रतियोगिता उद्घाटन गरे ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका सदस्य सुरेन्द्र श्रीले स्केट खेलको विकासका लागि स्केट एड नेपालसँग सहकार्य गरेर स्केटपार्क निर्माण गरेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने बताए ।

नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले प्रतियोगिताले स्केट खेलमा नयाँ आयाम थप्ने बताए । स्केट खेल सातै प्रदेशमा पु¥याइने उद्घोष उनले गरे ।

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्डबाट नौ टोलीको सहभागिता रहेको स्क्ेट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । 

तीनदिने प्रतियोगिताको पहिलो दिन छनोट चरणका खेल सञ्चालन भएको छ । छनोट चरणबाट प्रत्येक राष्ट्रको १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रको आठ खेलाडी उपाधि होडमा प्रवेश गर्नेछन् ।

पुरुष÷महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइने छ । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार अमेरिकी डलर, ५ सय डलर र २ सय ५० डलर नगद पुरस्कार प्राप्त गर्ने छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार