मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पाँचखालमा १८ राष्ट्रका सेनाले गरे शान्ति प्रयास तालिम

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

काठमाडौं । नेपाली सेनाको काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा  सञ्चालित चौथो संस्करणको शान्ति स्थापना सम्बन्धि बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ सोमबार समापन भएको छ । 

नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा आयोजित उक्त अभ्यास अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसियटिभको सहयोगमा सञ्चालन भएको थियो । 

तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले अभ्यासमा सहभागीहरूले देखाएको लगनशीलताले विश्व शान्ति स्थापना प्रयासमा सहभागी हुने संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुका सैनिकहरूबीच आपसी सद्भाव, सहयोग र समन्वयमा वृद्धि हुने विश्वास व्यक्त गरे । 

द्वन्द्वग्रस्त मुलुकको जटिलता र विविध चुनौतीहरूको बाबजुद शान्ति सैनिकहरूको व्यवसायिकता, आपसी सम्बन्ध, पेसागत ज्ञान तथा मनोबल अभिवृद्धिमा यो अभ्यास सहयोगी हुने अपेक्षा गरेको पनि उनले बताए । 

नेपालसहित १८ राष्ट्रका १ हजार १ सय २५ जना सैनिकहरूको सहभागितामा सञ्चालित अभ्यासमा शान्ति स्थापना मिसनमा शान्ति सैनिकले निर्वाह गर्नुपर्ने भूमिकामा आधारित गतिविधि समावेश गरिएका थिए । 

समारोहमा रक्षासचिव किरणराज शर्मा, पूर्वप्रधान सेनापतिहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, जनप्रतिनिधि, विभिन्न मिसनहरुमा फोर्स कमान्डर रहेका लगायत बहालवाला एवं अवकाश प्राप्त रथी तथा अधिकृत, विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारी, अभ्यासमा सहभागी देशहरुका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार