मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कृषिको उत्पादन बढाउन सहज बजारीकरण र मुल्य सुनिश्चितता जरुरीः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ माघ २०८१, बुधवार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि उत्पादन बढाउन सहज बजारीकरण र मुल्य सुनिश्चितता जरुरी रहेको बताउनु भएको छ । यि दुवै काम गर्न स्थानिय स्तरमा खरिद तथा विक्रि कक्ष स्थापना गरेर सञ्चालन गर्न अनिवार्य भएको बताउनु भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाण्डौंले स्थानीय स्तरमा विक्रि तथा खरिद कक्ष सञ्चालन सम्वन्धि आयोजना गरेको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले किसानले उत्पादन गरेका कृषि र पशुबस्तुको सहज बजारीकरण, उचित मुल्यकालागि स्थानीय स्तरमा खरिद तथा विक्रि कक्ष स्थापना गरेर सञ्चालनमा ल्याउनुपर्ने बताउनु भयो ।

‘बजार र मुल्य सुनिश्चित नहुदा किसानले उत्पादन बढाउन हिचकिचाउने अवस्था छ । ढुक्क भएर उत्पादन गर्ने वातावरणको सृजना गर्न जरुरी छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘उत्पादन गरेको खाद्यन्न, तरकारी, फलफूल, पशु बस्तुको विक्रि हुन्छ । मुल्य पनि राम्रो पाईन्छ भन्ने ढुक्कको वातावरण बनाउन सकियो भने किसानले उत्पादन बढाउनुहुन्छ, हामिले त्यो कुरा बुझेका छौं ।’ 

खाद्य तथा व्यापार कम्पनीले अत्यावश्यक खाद्य वस्तुको मुल्य स्थिरीकरण गर्न, दुर्गम क्षेत्रमा खाद्यन्न आपुर्ति गर्न, प्राकृतिक प्रकोप तथा आपतकालिन अवस्थामा खाद्यान्न व्यवस्थापन गर्न, सघन सहरी क्षेत्रमा आपूर्ति व्यवस्थापन गर्न, खाद्य सम्प्रभूता र भोक विरुद्ध अधिकारको सुनिश्चितता गर्न, उत्पादनको विविधिकरण गर्न, निर्यात अभिवृद्धि गर्न स्थानीय स्तरमा समेत खरिद तथा विक्रि कक्षको स्थापना गर्न थालेको हो । 

संघीय, प्रादेशिक एवम् स्थानीय तहमा खाद्यान्न संचय गर्न कोदाम घर निर्माण गरिने, कृषक समूह वा सहकारी मार्फत उत्पादित कृषि तथा पशुपंक्षिजन्य उत्पादनको खरिद सुनिश्चित गरी एकिकृत प्रशोधन उद्योगको स्थापना तथा सञ्चालन गर्ने लक्ष्य राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुले किसानले उत्पादन गरेका खाद्यान्न, तरकारी तथा फलफूल र पशुपंक्षिको सहज बजारीकरणमा ध्यान दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार