मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ चैत्र २०८२, बिहीबार

झापा । यहाँ जारी नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० क्रिक्रेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भारतको सिक्किम स्पोर्टिङ क्लब विजयी भएको छ । नेपाल–भारत मैत्री सङ्घ कोसी प्रदेश समितिको आयोजनामा भएको प्रतियोगिताको आजको खेलमा भारतकै दुन हेरिटेज सिलिगुडीलाई आठ विकेटले पराजित गर्दै सिक्किम स्पोर्टिङ क्लबले सहज जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको सिलिगुडीले निर्धारित २० ओभरमा अलआउट हुँदै ४७ रन बनाएको थियो ।

जवाफमा सिक्किमले १३.३ ओभरमा २ विकेट क्षतिमा लक्ष्य पूरा गरेको थियो । सिलिगुडीका लागि ह्याप्पी सरकारले १५ रन बनाइन् भने सिक्किमकी मारियन सुब्बाले चार ओभरमा केवल आठ रन खर्चिएर २ विकेट लिनुभएको थियो । ब्याटिङतर्फ सिक्किमकी नन्दिता कुमारीले २१ रन, प्रमिला क्षेत्रीले १४ रन बनाइन् । प्लेयर अफ द म्याच सिक्किमकी मारियन सुब्बा भइन् । समूह चरणको अन्तिम खेल शुक्रबार मिलन क्रिकेट क्लब झापा र भारतको अल्पाइन स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ । साथै फाइनल खेल शनिबार हुने नेपाल–भारत मैत्री सङ्घ झापाका खेलकुद संयोजक गौरव सुब्बाले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार